सांसदको बिदाइमा ४ करोड खर्च

सरकारले पूर्व सांसदहरुको बिदाईमा झन्डै चार करोड रुपैयाँ खर्च गर्दै छ।

पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासद्लाई पहिचान अंकित लोगो र एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउँदा तीन करोड ८१ लाख रुपैयाँ लाग्ने खबर नयाँपत्रिका दैनिकमा छ।

पहिचान अंकित लोगेको बनाउनमात्र ५४ लाख रुपैयाँ खर्च हुने संसद सचिबालयले जानकारी दिएको छ। त्यस्तै पूर्वसांसदहरुको एक महिनाको तलब बराबरको बाटो खर्च दिँदा झन्डै तीन करोड २६ लाख रुपैयाँ चाहिने सचिवालयको प्रक्षेपन छ।





Comments

comments

Leave a Reply

20185