१० दिनदेखि नेपालीको कन्टेनर समुद्रमा अलपत्र

भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन्।

बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएको खबर नागरिक दैनिकले छापेको छ।

हरेक बर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पुर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो।

सोमबारसम्म कोलकाता बन्दरगाहबाट नेपालको लागि चलान भइसकेको १४ सय २३ कन्टेनर त्यहाँबाट हिड्न पाएका छैनन्। थप पाँच सय भन्दा बढी कन्टेनर चलान हुन बाँकी छ । यता जहाजमा आएका कन्टेनर ओराल्ने ठाउँ नपाएर डक (किनार) मा ल्याउन सकिएको छैन।





Comments

comments

Leave a Reply

20252