संखुवासभा समाज वेलायतको अध्यक्षमा बसुन्धरा निर्वाचित

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

लण्डन। संखुवासभा समाज वेलायतको अध्यक्षमा संघका वर्तमान बरिष्ठ उपाध्यक्ष श्रीमती बसुन्धरा याक्खा राई निर्विरोध निर्वाचित भएकी छन्।

केन्टस्थित आश्फोड मतदान केन्द्रमा मतदाताहरुले उत्साहजनक मतदान गर्न हजारौ संख्यामा उपस्थित थिए। संखुवासभा समाज बेलायतको छैठौ राष्ट्रिय महाधिवेशनमा बसुन्धराकी प्रतिद्वन्द्वीहरुले उम्मेदवारी फिर्ता गरेपछि उनी सहमतिबाट चयन भएकी हुन्।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा नैनसिंह गुरुङ, उपाध्यक्ष पदकालागि टीका लोहोरुङ,सेमन्त राई, श्रीमती हेमकला गुरुङ राना निर्वाचित भएका छन््।

महासचिबमा टेक कुलुङ्ग राई विजयी भए भने सचिब पदमा श्रीमती सीता राई, उपमाहसचिबमा भिम आले मगर, मणि लोहोरुङ राई कोषाध्यक्षमा चित्र गोमदेन तामाङ, सह–कोषाध्यक्षमा गजेन थकलङ्ग लिम्बु, तुलविर वनेम लिम्वु र बलराम राई निर्वाचित भएका छन्। प्रोपर्टी विभागकालागि सुन्दर लिङ्गथेप चयन भएका छन्।

संघका युवा संयोजकमा कमल गुरुङ, सदस्यमा मेगनाथ राई, पत्रकारिता क्षेत्रकालागि सुमन याक्खा राई र फोटो पत्रकारिताकालागि जय लिम्बु छनौट गरिएको निर्वाचन आयोगका प्रमुख विजय लिङ्गथेपले जानकारी गराए।

महिला संयोजककालागि श्रीमती शुसिला राई निर्विरोध निर्वाचित भएकी छन् । उनको एकल उम्मेदवारी परेपछि राई निर्विरोध भएकी हुन्। त्यस्तै उक्त संस्थाकालागि अन्य विभागिय पदहरुकालागि सावित्री राई, विना जिमी, रुपा लिम्वु, ईन्द्र गुरुङ्गर,गीता थापा मगर र सन्तमाया गुरुङ सर्वसहमतमा चयन भएका छन्।

को हुन् बसुन्धरा याक्खा राई ?
संखुवासभा मामलिङ्गमा जन्मिएकी बसुन्धराले चैनपुर नगरपालिका वडा नंम्बर ८ चापामा बाल्यकाल विताएकी थिईन । उनी एनआरएन एनसिसि (२०११–२०१३) को सदस्य समेत रहेकी राई विभिन्न संघ संस्थामा पनि आवद्व छिन् । सन् २००८देखि नै संखुवासभा समाजमा आवद्व दुई पटक संघको उपाध्यक्ष पदमा रहेर संस्थालाई योगदान गरिरहेकी याक्खा राई विद्यार्थी जीवनदेखिनै सामाजिक कार्यमा सक्रिय थिईन्।

बेलायतस्थित लण्डन बस्दै आएकी याक्खा राई दुई बर्षसम्म यहाँको व्यस्त दैनिकीमै दिन विताए । बिस्तारै बेलायतको व्यस्त दैनिकीलाई छिचोल्दै उनी यस संगठनको अभियानमा होमिएका हुन् । संखुवासभा समाजको (२०१३–२०१५)उपाध्यक्ष र (२०१५–२०१७) का बरिष्ठ उपाध्यक्ष बनेकी याक्खा राईले आफ्नो नेतृत्वमा नेपालका भूकम्पपीडितकालागि बेलायतमा आर्थिक संकलन कार्य गरी संखुवासभा समाज बेलायतको पहलमा पीडितहरुलाई राहत वितरण समेत गरेकी थिईन्।





Comments

comments

Leave a Reply

20424