गायक तिगेलाले तताए युकेको माहौल

राजु सुब्बा –
बेलायतमा शनिवार आयोजित एक भब्य सांस्कृतिक कार्यक्रममा गायक सुजन तिगेला लिम्बुले सांगीतिक वातावरणलाई संगीतमय बनाउंदै वाहीवाही बटुलेका छन्।

युकेको आसफोर्डमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक तिगेलाले के सारो ब्यूटी लुंङामा ज्यू, माया पनि गरिरहु लाग्यो छापाँ पनि परिरहु लाग्यो, फेसबुकमा रिक्वेष्ट पठाएको, पश्चिमे कौरा लगायतका गीतहरु प्रस्तुत गरे।

पहिलो चरणमा सुमधुर गीतहरु पस्किए भने दोस्रो चरणमा नचाउने गीतहरु प्रस्तुत गरेका थिए । पछिल्लो समय धेरै चर्चामा आउन सफल तिगेला हाईपीचका गीत गाउने नेपालका गायकहरु मध्ये अब्बल मानिन्छ । उनका ५ वटा गीति एल्बम बजारमा छन, उनी हङकङ, युके लगायतका ठाँउहरुको सांगीतिक यात्रामा ब्यस्त बनेका छन्।

किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समिति, आसफोर्ड शाखा, फोक्स्टोन शाखा, क्यान्टवरी शाखा, केन्ट वेष्ट शाखा लगायतले सम्मानपत्र प्रदान गरेको थियो। तिगेला भन्दा केहीहप्ता अगाडि युकेमा आईपुगेका लिम्बु भाषाकी लोकप्रिय गायिका मनु नेम्बाङ र नवगायिका तारा थेवे संगसगै कार्यक्रमहरुमा सहभागी बन्दै आएका छन्। माङगेना चुम्लङको निमन्त्रणामा युके आईपुगेका गायक तिगेलाले युकेमा झण्डै एक दर्जन सांगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिएर दर्शकबाट माया पाईरहेका छन्।

उनका अर्को एकल सांगीतिक साँझ यहि आउदो २३ नोभेम्बर २०१७ का दिन आसफोर्ड टाउनको गोर्खा भिल्ला रेष्टुरेष्टमा हुने भएको छ। हेरौ तिगेलाका प्रस्तुती भिडियोहरु





Comments

comments

Leave a Reply

20585