अमेरिकामा राज बल्लभले कसे लगनगाँठो

बिजय थापा / एचकेनेपाल डट कम –

अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिबाह सम्पन्न भएको छ।

नायक कोईरालाको लामो समयदेखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसंग आइतवार बिबाह भएको छ। बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन्।

बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदारसंग शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

नायक कोइराला गत दुई महिना अगाडि सितम्बर ३ तारिख बिबाह गर्ने तय भएको उनले सामाजिक संजालमा लेखेका थिए । बिबाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले गराएका हुन्।

तस्विर: रमेश खनाल​





Comments

comments

Leave a Reply

20877