बेलायतका एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागि नेपाल प्रस्थान गर्दै

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –

केन्ट, वेलायत । गोर्खा भिल्ला केन्ट बेलायतमा क्लबको अन्तिम बैठकको निर्णय अनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान गर्ने भएको छ।

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाँससँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन सन् २०१४ मा यस क्लबको स्थापना भएको हो।

फरवरी र मार्चभित्र काठमाडौं र पोखरामा खेलिने च्यारिटी खेलका लागि गोर्खा वेलफर ट्रस्टसँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले बताउनु भयो । फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा कार्यक्रम सम्पन्न गरेको छ।

क्लबको बैठकले ३ च्यारिटी फण्ड राईज डिनर नाईट र सहयोगार्थ टिकटबाट के कति रकम संकलन भएको र सम्पूर्ण ब्यबस्थापनमा कति खर्च भयो र नेपालमा कति सम्भावित खर्च हुने र गर्ने भन्ने बारे महत्वपूर्ण निर्णय गरे पनि च्यारीटीमा कति रकम हस्तान्तरण गर्ने भन्ने निर्णय भने नेपाल गएर २ खेलहरु खेलेर मात्र गरिने क्लबका प्रबन्धक बुद्धि कुमार सुनुवारले जानकारी दिनु भयो।

२ खेलहरु क्रमशः काठमाडौंमा एन्फा भेट्रानसँग फरवरी २४ तारिख र पोखरामा सहारा युथ क्लबसँग ३ मार्चमा खेलिने निर्णय भएको छ। बेलायत र नेपालका २ ठाँउहरुमा खेलिएको खेलबाट उठेको रकमलाई काठमाडौंमा सिआरसी ९ऋजष्मि च्भअगभ ऋभलतचभ।० लाई, पोखरामा साहारा युथ क्लबलाई र बेलायतमा गोर्खा वेलफर ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय पनि क्लबले गरेको प्रबन्धक र सह–प्रबन्धक भास्कर राईले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

21898