पोखरामा सम्पन्न खेलमा बेलायती भेट्रान्स टिम विजयी


पोखरामा सम्पन्न खेलमा बेलायती भेट्रान्स टिम विजयी

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार मैत्रीपूर्ण भेट्रान्स प्रतियोगिता सम्पन्न भएको छ।

सहारा क्लव पोखराको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको मैत्रिपूर्ण भेट्रान्स फुटवल प्रतियोगितामा वेलायतको एफसी केन्ट गोर्खाज भेट्रान्स (युके) विजयी भएको छ।

आयोजक सहारा क्लव पोखराको भेट्रान्सको समूहलाई गोर्खाज भेट्रान्सले ६–२ को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । गोर्खाज भेट्रान्सको जितमा बिशाल राईले ह्याट्रिक, हेम कर्ण राई, पदुम योङ हाङ र मोहन राईले एक एक गोल गरे । पोखराको तर्फबाट भने धन बहादुर गुरुङ र मनकाजी गुरुङले एक/एक गोल गरे ।

खेल अवलोकनको लागि दर्शकले १ हजार, ५ सय र २ सय प्रबेश शुल्कको टिकट काटेका थिए । युकेमा बस्दै आएका चन्द्रबहादुर गुरुङको नेतृत्वमा फुटवल खेल्न टोली पोखरा आएको हो।

प्रतियोगिताबाट २ लाख १७ हजार रुपैया सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा प्राप्त भएको छ । उक्त रकम क्लवका अध्यक्ष केशब बहादुर थापा, एकेडेमीका वालकहरुलाई एफसी केन्टका म्यानेजर बुद्धि सुनुवार, प्रशिक्षक लोक चेम्जोङ लगायतले हस्तान्तरण गरेका हुन । यस अघि कास्कीका प्रहरी प्रमुख एस.पी. असोक सिंहले रेफ्रिलाई वल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै उनले क्लवले एकेडेमी स्ांचालन गरी उदाहरणिय कार्य गरेको भन्दै आवश्यक सहयोग गर्ने वचन दिए ।

युकेको दक्षिणी सहर केन्टमा बस्ने नेपालीहरु संगठित भएर एफसी केन्ट गठन गरिएको र यसले अनाथ तथा असहायः आश्रित गृहहरुलाई च्यारिटी फुटवल खेलेर त्यसबाट प्राप्त रकम सहयोग गर्ने गरेको एफसी केन्टका म्यानेजर बुद्धि सुनुवारले बताए । सहारा एकेडेमीमा हाल २८ जना अनाथ तथा असहायः वालकहरु आश्रित रहेको महासचिव केशवराज बरालले बताए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

22294