बिहे गर्न नमान्दा युवतीमाथि तातो घिउ

आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५, वनगाउँकी २३ वर्षीया सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन्।

राकेशले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरीरमा तातो घिउ खन्याइदिएका छन्।

तातो घिउले शरीरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको खबर भवानी भट्टले आजको कान्तिपुरमा लेखेका छन्।

महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतिलाई धनगढीको गेटा आँखा अस्पताल रिफर गरिएको छ। वनगाउँका महिला जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई पक्राउ गरी कडा कार्वाहीको माग गरेका छन्।

एसपी डिल्लीराज विष्टले दोषीको खोजी भइरहेको र उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरिएको बताए।





Comments

comments

Leave a Reply

22427