मोदीको सुरक्षा भन्दै इन्डियन एयर फोर्स नेपाल भित्रिँदै

काठमाडौं, २४ वैशाख । दुईदिने नेपाल भ्रमणमा रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने भएका छन्।

गृह मन्त्रालयका अनुसार मोदी फोर्सको हेलिकोप्टरमा आउनेछन्। बाँकी दुईवटा हेलिकोप्टरले मोदी सवार हेलिकोप्टरको दायाँ–बायाँ रहेर हवाई स्कर्टिङ गर्नेछन्।

मोदी भ्रमण सुरक्षामा खटिएका नेपाल प्रहरीका डिआइजी ठुले राईले प्रधानमन्त्री मोदीको भ्रमण दल तीनवटा हेलिकोप्टरमा जनकपुर आउने जानकारी दिए । उनले भने, ‘भ्रमणभर सोही हेलिकोप्टर नै प्रयोग हुने जानकारी छ ।’

जानकी मन्दिर दर्शनपछि मोदी सोही हेलिकोप्टरबाट काठमाडौं आउनेछन् । तर, मुस्ताङको जोमसोम जाने क्रममा भने नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्नेछ । भारतीय पाइलट मुस्ताङको भूगोलमा अभ्यस्त नभएकाले नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्ने सेनाको तर्क छ ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘प्रधानमन्त्री मोदी उताबाटै आएको हेलिकोप्टरमा आउने सूचना छ । काठमाडौंसम्म त्यही हेलिकोप्टर प्रयोग होला । जोमसोम जाने क्रममा भने यसै भन्न सकिँदैन । तर, हवाईमार्ग भएरै जाने हो।’ नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23130