मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं – मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ।

स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको खबर कारोबारमा छ।

ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ।

यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ।





Comments

comments

Trending Now : बैंककमा बसेर करोडौं ठग्ने गुरुङका यस्ता थिए करतुत, थाईल्याण्डमै थिए ३ श्रीमती, इन्काउन्टरको शंकाले नेपाल डिपोर्ट नगर्न आग्रह गरेका थिए