वेलायतमा २००औं भानुजयन्ती भब्यरुपमा सम्पन्न

गोपीकृष्ण प्रसाई / एचकेनेपाल डट कम –
बेलायत। आदिकवि भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह समिति वेलायतले ८ जुन २०१४ का दिन वेलायतस्थित नेपाली राजदूताबास लन्डनको समारोह हलमा ऐतिहासिक र महत्वपूर्ण साहित्यिक कार्यक्रमका साथ २००आंै भानुजयन्ती भव्यताकासाथ सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली भाषा र साहित्य राष्ट्रको प्राण भएको बताउँदै विश्वभरि छरिएर रहेका नेपालीहरु माझ यस २००औं भानु जयन्तीले भावनात्मक एकताको सन्देश पुर्याउन सकोस भन्दै समारोह समितीका सबै सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।

त्यस्तै अतिथिहरु क्रमस यतिनेपाली एसोसिएनका पूर्वअध्यक्ष एवम वरिष्ठ सामाजसेवी ओविई डा.राधवप्रसाद धिताल, विविसी नेपाली सेवाका पूर्व प्रमुख एवम् नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष खगेन्द्र नेपाली, एनआरएन वेलायतका वरिष्ठ उपाध्यक्ष सूर्य नेम्बाङ्ग, महासचिव राजकुमार त्रिपाठीले भाषाको विकास नै राष्ट्रको विकास भएको भन्दै आदिकवि भानुभक्त आचार्यको कारण नेपाली भाषा संवृद्य र व्यापक बन्दै गएको, नेपाली भाषा साहित्य देशदेशान्तर पुग्न सकेको छ भन्दै भानु नेपाली जातीका मानस पीता भएको चर्चा गर्नु भयो।

वेलायत स्थित साहित्यिक सस्थाका प्रतिनिधिहरु क्रमस अन्तर्राष्ट्रिय नेपाली वाँग्मय प्रष्ठिान वेलायतका अध्यक्ष विकलचन्द्र आचार्य, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वास दिप तिगेला,नेपाली प्रतिभा प्रतिष्ठानका प्रतिनिधि देवेन्द्र खेरेस, अनेसास बेलायतका प्रतिनिधि सुमलकुमार गुरुङ्ग लगायतका बक्ताहरुले पनि भानुको भााषिक महिमा र डायस्पोरामा नेपाली भाषाको विकास गर्न आपूmहरु लगिपरेको र नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न हरसंभव प्रयत्न गरिरहेको जानकारी गराउनु भयो । वाहाँहरु सबैले संंसारको जुनसुकै कुनामा रहे पनि आफ्नै पनमा रमाउने सस्कार, आफ्नै नेपाली आकाश खोज्ने परम्परा हामीले आदि कविबाट सिकेको कुरा जनाउनु भयो।

प्रवासमा नेपाली भाषाको उत्थानबारेमा आफ्नो समिक्षात्मक मन्तव्य पत्रकार गोविन्द वेलबासेले दिनु भएको थियो भने सोमनाथ मेमोरियल ट्रष्टका अध्यक्ष डा.सोहन घिमिरेले बाँसुरीको मिठो धुनमा रामायणको स्लोकहरु प्रस्तुत गर्नु भयो।

यसै गरि भानुको अभिनयमा जुटेर उनको ऐतिहासिक पक्षलाई उजागार गर्ने कलाकार सनम वैराग हुनुहुन्थ्यो र साथ दिनेमा कोमलपसाद मल्ल श्रेष्ठ हुनुहुन्थ्यो । बोल्ने क्रममा नेपालबाट पाल्नु भएका साहित्यकार एवम शिक्षा सेवी रामचन्द्र आचार्यले भानु वंशावाली संबन्धी रोचक जानकारी गराउनु भयो । कार्यक्रममा उपस्थित संपूर्ण आगन्तुकहरुलाई कवि डा.गोपाल पौड्यालले स्वागत मन्तव्य दिनुभएको थियो । त्यसै गरि समारोह समितीको उपाध्यक्ष हरिसिं थापाले रामायणका श्लोकहरु लयहालेर मीठो सैलिमा बाचन गर्नु भयो । नेपालका चर्चित गायिका सर्मिला वर्देवाले पनि रामायणका स्लोकहरुलाई आप्mना मिठो स्वारमा पस्कनु भएको थियो।

प्रमुख अतिथीहरुलाई खदा तथा व्याज लगाई स्वागत गर्न अनेवा महासचिव जया राई, र सदस्यहरु मन्जु भन्डारी, सावी श्रेष्ठ तथा कविता याक्सो लागिपर्नु भएको थियो।

राष्ट्रिय गानमा उपस्थित सवै व्यक्तिहरु सरिक भए पछि पंडित नीलहरी घिमिरेले गायत्री मंन्त्रोच्चरण गर्नुभएको थियो र यस पछि भानुको तस्विरमा क्रमैसग सवैले फूलमाला चढाईयो । कार्यक्रममा आर्थिक संयोजक सोलिसिटर राजु थापाले कार्यक्रमको स्पन्सर दाताहरुको नाम पढेर सुनाउनु भएको थियो भने प्रमुख अतिथिले स्पन्सरदाताहरुलाई प्रसंसा पत्र प्रदान गर्नु भयो । कोषाध्यक्ष कोमल मल्लले कार्यसमितीका संपूर्ण समितिका सदस्यहरुको नाम पढेर सुनाउदै संक्षित परिचय पनि प्रस्तुत गर्नु भयो र स्पोन्सर दाताहरुलाई पनि धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रथम चरणको कार्यक्रम साहित्यकार गोपीकृष्ण प्रसाईले संचालन गर्नु भएको थियो।

दोस्रो चरणको कार्यक्रम ज्ञानेन्द्र राउतले संचालन गर्नु भएको थियो । यस चरणमा भानुको बहुआयमिक व्यक्तित्व र कृतित्व माथि चर्चा भएको थियो।

भानुभक्त आचार्यको बारेमा समय सापेक्ष र नेपालको वर्तमान विषम परिस्थितीलाई चित्रण गर्नको अलवा डायस्पोराका नयाँ पुस्तालाई समेत समेटेर अनेवा वोर्डअफ ट्रष्टीका अध्यक्ष खगेन्द्र पाठकले सारगर्भित लेख प्रस्तुत गर्नु भयो । प्रवचन दिने क्रममा साहित्यकार गोपीकृष्ण प्रसाईले नेपाली भाषा साहित्यको इतिहास केलाउदै भक्ति धाराका सर्वश्रेष्ठ कवि, नेपालका आदि कवि र नेपाली वांगमयका विराट व्यक्तित्व भानुभक्त आचार्यले रामायण लेखेर संस्कृतको बोलवाला भएको जमानामा ठूलो क्रान्ती गरेको उल्लेख गर्दै सम्पूर्ण नेपालीहरु माझ भाषिक र सास्ंकृतिक एकिकराण गर्न सफल भएको कुरा उल्लेख गर्नु भयो । अर्का वक्ता दुर्गा प्रसाद पोखे्रलले रामायाणको प्रसंग निकाल्दै सीता भनेको सान्त भाव, रावण भनेको द्वेष र ईष्र्या भाव हो र राम भनेको कर्तव्य परायण हो भन्दै आफ्ना अवधारणाहरु राख्नु भयो । नाटककार तथा कवि गोपी सापकोटाले भानुलाई उत्तरआधुनिक दौडमा पनि ग्रहण गर्दै जानु पर्ने बताउनु भयो । यसै चरणमा कार्यक्रमका प्रमुख अतिथिद्वारा समारोह समितिका सम्पूर्ण सदस्यहरुलाई पनि प्रशँसा पत्र प्रदान गरिएको थियो।

कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, सैनिक सहचारी विश्वनाथ घिमिरलगायत दुतबासका अन्य कुटनैतिक तथा स्थानिय कर्मचारीहरुले कार्यक्रमलाई सहज सरल र भव्य रुपमा सफल पार्न महत्वूर्ण भूमिका निभाृउनु भएको थियो । कार्यक्रममा वेलायतस्थित ठूलो संख्यामा साहित्यिक सस्थाहरु र सामाजिक सस्थाहरुको सक्रिय सहभागिता थियो । कार्यक्रमको संम्पूर्ण फोटो कभरेजको लागि पत्रकार एभरेष्ट गौतम, समचारको लागि नेपाली टिभीका प्रतिनिधि र भिजन संसारबाट अभिमन्यु बैराग र सनम वैरागले महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । यसै सिल्सिमा अनेवाका अध्यक्ष विकल चन्द्र आचार्यद्वारा आगामी जुलाई वीस तारिक बेलायतमा हुन गइरहेको विपी सतवार्षिकी समारोह सम्बन्धि जानकारी गराइएको थियो।

दोश्रो चरण कार्यक्रमको महत्वपूर्ण अंश बेलायत भरि छरिएर रहेका श्रष्टाहरुको कविता, गीत र गजल बाचन रहेको थियो । रचना वाचन गर्नेहरुमा गोपी सापकोटा, दुर्गा प्रसाद पोखे्रल,किरण टी लिम्बु, विमला गौतम, देवेन्द्र खेरेस, जया राई, समिप हांवागं जर्ज, शशी थापा सुब्बा,सावी श्रेष्ठ, विजय हितान मगर, विनोद रोक्का,नरेश कांङ्गमाङ्ग, निर्मला राई परिवेश,विनोद रोक्का,मन्जु भन्डारी, संतोष खनाल, खगेन्द्र पाठक, रेशम अर्याल, विश्वासदिप तिगेला, वाचस्पति रेग्मी, विमला थापा, मोतिराज भन्डारी, गोकुल भन्डारी, फडिन्द्र भट्टराई, दलबहादुर बुढाथोकी, प्रतिभा बोहोरा, घनबहादुर थापा, कोमल मल्ल, लिला गुरुग,शुरेसजंग साह, सुमलकुमार गुरुङ्ग, डा.सधा श्रेष्ठ हुनुहुन्थ्यो।

कार्यक्रमको अन्तमा समारोह समितिका अध्यक्ष सुरेसजंग साहाले नेपाल सरकारले सतवार्सिकी समारोह समिती बेलायतको गहन जिम्मेवारी आपूmलाई दिएको र यसलाई सफल पार्न कार्यसमितिका सबै साथीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयो । साथै उहाँले महामहिम राजदूत, तथा सैनिक सहचारीको सहभागितामा संघसस्थाहरु, साहित्यकारहरु, कलाकारहरु, पत्रकारहरु एवम् साहित्य प्रेमिहरुको विचमा यो महत्वपूर्ण कार्यक्रम सफल हुँदा, राष्ट्रकै उपस्थिती भएको अनुभूति भएको कुरा बताउनु भयो र वाहाँले आदि कविको यो २००औंंं जन्म जयन्ती बेलायतमा मनाउन पाउनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । कार्यक्रममा जनसंपर्क समिती यूरोपका उपाध्यक्ष विनोद मोक्तान,नेपाल टिभीका डाइरेक्टर विजय थापा, नरेश काङ्गमाङ्ग, दौलत राई, बसन्त राय क्षेत्री, लारा, सुसिला कार्र्की, कोहिनुर मल्ल आदिले महत्वपूर्ण भूमिका निभाउनु भएको थियो।





Comments

comments

24