बेलायतमा साहित्यकारद्वय दिवश र भट्टराई अभिनन्दित

एचकेनेपाल डट कम संवाददाता-

केन्टबरी, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले वरिष्ठ साहित्यकारद्वय प्रा.डा. तुलसी दिवश र प्रा.डा. गोविन्दराज भट्टराईलाई अभिनन्दन गरिएकोछ।

विगत चार दशक भन्दा बढी समयदेखि अनवरतरूपमा नेपाली भाषा साहित्यको क्षेत्रमा आफ्ना जीवनका अमूल्य समय दिदै नेपाली साहित्यको विश्वब्यापी विकास र संचार गराउन उहाँहरूको महत्वपूर्ण योगदानको उच्चतम कदरस्वरूप वरिष्ठ साहित्यकारद्वय प्रा.डा. दिवश र प्रा.डा. भट्टराईलाई बेलायतमा अभिन्नदनसहित सम्मान गरिएको परिषदद्वारा विज्ञप्तिमा जनाएइको छ।

बेलायतको एेतिहासिक शहर केन्टबरीस्थित केन्टबरी चर्च युनिभर्सिटीमा सम्पन्न दोस्रो विश्व साहित्य सम्मेलन समारोहमा बेलायतमा रहेका समस्त साहित्यकारहरूको तर्फबाट नेपाली साहित्य विकास परिषद यूकेद्वारा अर्पण गरिएको अभिनन्दन सम्मान परिषदका संरक्षक प्रमुख अतिथि राजदूत डा.दुर्गा बहादुर सुवेदीले कर्तल ध्वनीकासाथ वरिष्ठ साहित्यकारद्वय दिवश र भट्टराईलाई सुशोभन गराएका थिए।

यस अघि परिषद्का अध्यक्ष कोमल मल्लले उक्त अभिनन्दन सम्मान स्तुति वाचन गरेका थिए।

यसैगरी समारोहमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला, पूर्व राजदूत प्रा. नवलकिश्वर राई, गीतकार भावेश भूमरी, शिला सेरिगड लगायतका अतिथि साहित्यकारहरूलाई परिषदका संस्थापक सुरेश जंग शाह ,अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, पूर्व अध्यक्ष हरिसिँह थापा, सल्लाहकार घन बहादुर थापा,उपाध्यक्ष डा. सुधा श्रेष्ठ, महासचिव वीरेन्द्र कुँवर, कोषाध्यक्ष मनोज अन्जान, कार्यकारिणी सदस्य डम्बर सिँह र कल्पना आङ्बुहाङ आदि पदाधिकारीहरूले स्वागत, सम्मान तथा उपहार अर्पण गरेका थिए।

सम्मेलनको समापन पछि सहभागी अतिथि साहित्यकारहरूको सम्मानमा नेपाली साहित्य विकास परिषद यूकेद्वारा स्थानीय चम्चम् रेस्टुरेन्टमा रमाइलो रात्रिभोजको आयोजना गरिएको थियो।

अगस्त १२ तारिख आइतवारका दिन विश्व नेपाली साहित्य महासंघ र नेपाली साहित्य विकास परिषद यूकेको सहआयोजनामा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको हो।





Comments

comments

Leave a Reply

24412