नेपालभन्दा ३७ गुणा ठूलो ‘एप्पल’

सुन्दा अपत्यारिलो लाग्छ, नेपालभन्दा ३७ गुणा ठूलो पनि ‘एप्पल’ होला र ? तर, यो वास्तविकता सिद्ध भएको छ ।

अमेरिकी बहुर्राष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकको बजार पुँजीकरण मूल्य नेपालको समग्र अर्थतन्त्रभन्दा ३७ गुणा बढी हुन पुगेको खबर नयाँपत्रिकामा छ।

गत साता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका भित्ताहरू एउटा कम्पनीको समाचारले रंगिए । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल १० खर्ब (एक हजार अर्ब) डलर पुग्ने पहिलो सार्वजनिक कम्पनी बनेको समाचार गत साताको बिहीबार सार्वजनिक भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मात्र होइन, फेसबुक, ट्विटर र अन्य सामाजिक सञ्जालमा पनि यो समाचार भाइरलजस्तै बन्यो ।

विभिन्न एजेन्सीहरूले तयार पारेका ती समाचारहरू लाखौँको संख्यामा लाइक, कमेन्ट र सेयर भयो । एप्पलका उत्पादनबाहेक कतिपय उपभोक्ताले कम्पनीको नाफा १० खर्ब डलर पुग्नुमा आफ्नो पनि योगदान भएको स्टाटससमेत अपडेट गर्न पछि परेनन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24478