मंसीरदेखि काठमाडौंमा विद्युतीय बस

मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको छ।

बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्ययन गराएको छ ।

प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालका अनुसार कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेको थियो । अध्ययनपछि उनीहरूले सडकमा पानी जम्म हुने समस्या भने हटाउन सुझाव दिएका थिए ।

हाललाई चक्रपथ, भक्तपुर सूर्यविनायकदेखि कलंकी, तीनकुने, बानेश्वर, माइतीघरर रत्नपार्क रुटमा गाडी चलाउन यातायात व्यवस्था विभागसँग कुरा भइरहेको दुवालले बताए ।

हाल ठूलो र सानो गरी दुईवटा मात्र बस ल्याउन लागिएको खबर गोरखापत्रमा छापिएको छ। ४० सिट भएको तर उभिएरसमेत ९० जनाले यात्रा गर्नसक्ने छन्। सानोमा १५ सिट र ३५ जनासम्मको क्षमता हुनेछ।





Comments

comments

Leave a Reply

24550