रामवीरको राजीनामा अस्वीकृत भएपछि के भने वामदेवले ?

नेकपाका सांसद रामवीर मानन्धरको राजीनामा सत्तारुढ नेकपाको सचिवालय बैठकले अस्विकृत गरेको छ। बैठकले उनको राजीनामा अस्विकृत गरेपछि नेकपाको आन्तरिक द्वन्द्व अन्त्य भएको दाबी पार्टीस्रोतले गरेको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार दिउँसो ३ बजेदेखि साढे ४ घण्टा बसेको बैठकमा गौतमले आफ्नो धारणा राखे। ‘पार्टी केन्द्रदेखि टोलसम्म एकता गराउनमा मेरो पनि महत्वपूर्ण भूमिका छ।

एकतालाई पूर्णता दिन पनि सचिवालय नेतृत्वबीच एकता अपरिहार्य छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा काठमाडौं क्षेत्र ७ का सांसद मानन्धरको राजीनामा अस्वीकृत गर्ने निर्णयमा मेरो सहमति छ। पार्टीभित्रै मानन्धरको राजीनामालाई मेरो सत्तामोह भएको आरोप लगाउँदै मविरुद्ध भएका टिकाटिप्पणीप्रति असहमति जनाउँछु।’

गौतमको भनाइ पूरा हुँदा नहुँदै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले यो समय आपसमा शंका उपशंका गर्ने नभएको बताएका थिए। उनले केन्द्रबाट प्रारम्भ पार्टी एकीकरणलाई गाउँपालिकाका वडासम्मै पूर्णता दिनुपर्नेमा जोड दिएका थिए। उनले पार्टी भित्रको एकतामा असन्तुष्ट देशी र विदेशी शक्तिको डिजाइनमा नपर्न नेतृत्वसँग सांकेतिक रूपमा आग्रह दाबी स्रोतको छ। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

25342