अमेरिकन विश्वबिद्यालयमा नेपाली महिला अधिकारकर्मीको वृतचित्र प्रदर्शन

विजय थापा / एचकेनेपाल डट कम –
अमेरिकाको बोस्टनस्थित १०३ बर्ष पुरानो पाइन् म्यानर कलेजमा महिला अधिकारकर्मी डा. बिष्णु माया परियारको जीवनमा आधारित वृतचित्र अछुत अक्टोबर २८ तारिख एक बिशेष कार्यक्रम बीच प्रथम प्रदर्शनी गरिएको छ।

वृतचित्र निकोल्सन बिशिष्ठ उपदेश ऋंखला कार्यक्रम अन्तर्गत समाबेश गर्दै उक्त बिश्वबिद्यालयले डा. परियारलाई अतिथि प्रवक्ताको रुपमा निम्त्याएको हो।

पन्ध्र मिनेटको उक्त वृतचित्रमा सामजिक कार्यकर्ता डा बिष्णु माया परियारले आफ्नो बाल्यकालमा भोगेका पीडा ,व्यथा र कथालाई बिषय वस्तुमा ढाली संक्षिप्त चित्रण गरिएको छ। डा. परियारले बोल्दै नेपालमा जाति र लिङ्गको आधारमा विभेदको पद्धति गलत थियो … र मैले यो पद्धतिलाई परिवर्तन गर्ने उदेश्य बनाए। त्यसको सशक्त औजार भनेको शिक्षा हो र यसबाट नै यसको निकास निस्कने छ भन्दै आफू यसमा होमिएको बताईन्।

केवल १९ बर्षमा एड्वन (इम्पावर दलित वुमेन अफ नेपाल) खोलेको चर्चा गर्दै केवल $ १५० डलरबाट एक बिदेशी महिलाले दिएको रकमबाट स्थापना गरेको संस्था आज १३ हजारभन्दा ज्यादा बालबालिकालाई शिक्षा दिन सफल भएको छ भन्दै नेपालको ७ जिल्लामा महिला समूहको माध्यमबाट पुरुष, महिला तथा बालबालिकालाई सशक्तिकरण गरेको बताईन्।

कार्यक्रममा उक्त कलेजका बिद्यार्थीहरुलाई उत्प्रेरणा मिलोस भन्दै सो वृतचित्र देखाईएको हो। वृतचित्र समाप्तपछि नेपालमा जातीय विभेद, अछुत र लिङ्ग असमानताको बारेमा महिलाप्रति विभेद देखिएकोले पुरुषलाई किन त्यस्तो विभेद गरिदैन थियो भन्ने प्रश्न धेरैले जान्न चाहेका थिए र उत्तर डा परियारले दिएकी थिइन्।

डा परियारले जीवनमा पाईन कलेजले धेरै गुण लगाएको भन्दै आफ्नो जीवनी बारेमा बनाइएको वृतचित्र सबैसंग बसेर हेर्न पाउनु र प्रथम प्रदर्शन गरि दिएकोमा हर्ष व्यक्त गरिन्। डा परियारले सन् २००४ मा स्नातक तथा २०१३ मा सामाजिक सेवामा अतुलनिय काम गरे वापत बिद्यावारिधि पदले सम्मान गरेको थियो।

सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी डा बिष्णु माया परियार सशक्त दलित महिला नेपाल, बोस्टन, अमेरिकाकी संस्थापक तथा गैरआवासीय नेपाली संघकी महिला सशक्तिकरण बिभागकी सभापति पनि रहेकी छिन्।





Comments

comments

2588