मिस पूर्वाञ्चलका प्रतियोगीहरु लुब्रिकेंटको भ्रमणमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, मिस पूर्वाञ्चल २०१८ का प्रतियोगीहरुले बिराटचोकमा रहेको पूर्वाञ्चल लुब्रिकेन्ट्सको कारखाना तथा कार्यालय भ्रमणमा गरेका छन्।

पूर्वाञ्चल लुब्रिकेन्ट्स(पिएलओ) को कारखानाको बारेमा जानकारी दिदै कम्पनीका आकाश दुलालले सम्पूर्ण प्रतियोगीलाई कम्पनीको कारखानाको अवलोकन गराएका थिए।

देशकै उचतम कर तिर्दै आएको अग्रणी लुब्रिकेंट कम्पनि पीएलओमा काम गर्ने सम्पूर्ण कर्मचारी तथा मजदुरहरुको साथ सहयोग नै आफ्नो सफलताको राज भएको र सानो ठूलो नभनी मिलेर कुनै काममा लागे त्यो अवश्य सफल हुने र स्वदेशी उद्योग सफल भए देशको पनि बिकाश हुने बताउनुहुदै स्वदेशी ब्रान्डलाई जहिले पनि हामीले सपोर्ट गर्नुपर्ने बताउनुभयो।

पीएलओका म्यानेजिङ डाइरेक्टर भोलेश्वर दुलालले सम्पूर्ण प्रतियोगीहरुलाई जीतको शुभकामना दिनुभयो।

एक जना बिजेताले जित्छन तर बाँकी नजित्नेहरुले पनि केही शिक्षा लिएर जानु नै उसको जीत हो र हामीले कहिले हारे भनेर दुखी नभएर त्यसलाई आफ्नो सफलताको खुड्किलो बनाउनुपर्ने वहाले बताउनु भयो।





Comments

comments

Leave a Reply

26127