बेलायतमा जानुका राईको ३ कृति ‘समय, सन्दर्भ र आमा’ लोकार्पण

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –

केन्ट, बेलायत। गीतकार जानुका राईको ३ कृतिहरु “समय, सन्दर्भ र आमा” को शनिवार बेलायतको आशफोर्डमा विमोचन गरिएको छ।

खोटाङ् समाज यूकेको अध्यक्ष, रिटायर्ड क्याप्टेन भुपजीत राईको प्रमुख आतिथ्ष रहेको कार्यक्रममा अतिथिहरुमाः शिब कुमार राई, सगरमाथा गोर्खा नेपाली समाजका चक्र साम्पाङ् राई, मगरात संघ बेलायतका अध्यक्ष हिकमतसिङ् रोका, समाजसेवी रिटायर्ड क्याप्टेन दिल कुमार राई, सुमनचन्द्र राई, नेपाल पत्रकार महासंङ्घ यूकेको अध्यक्ष नरेश खपाङ्गी मगर, शान्ता गौचन, गीतकार ईश्वर चाम्लिङ् साथै अन्य समाजसेवी तथा साहित्यकारहरु रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता भिमु मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष रहनु भएको थियो।

अतिथिहरुको आसन ग्रहणपछि भिमु मेमोरियल ट्रष्टका फाउण्डर शिब कुमार राईको स्वागत मन्तब्यपछि अतिथिहरुको सामूहिक रुपमा दिप प्रज्वलन पछि कार्यक्रम सुरुवात भएको थियो।

कार्यक्रमको पहिलो सत्रमा सर्जकको कृतिहरुः २ एल्बम “समय”, “सन्दर्भ” र गीतसङ्ग्रह “आमा” लाई अतिथिहरुको बाहुलीबाट सामूहिक रुपमा लोकार्पण साथै सोही एल्वमका ४ म्युजिक भिडियोहरु धर्तिको जन्म, सुम्निमा, सौहार्द भावना र परदेशी चेलीको कथालाई पनि बजाएर सार्बजनिक गरिएको थियो।

लोकर्पित गीत सङ्ग्रहमा ८६ वटा गीतहरु अटाएका छन भने एल्वम समयमा ५ गीतहरु क्रमशः आमा, सौहार्द भावना, हुरुरु, प्रकृतिकी छोरी रहेको छ। एल्वममा सुरेश अधिकारीको सङ्गीत रहेको छ । एल्वम सन्दर्भमा ६ गीतहरु क्रमशः गरिबीको भारी, लण्डन शहर, माझी दाई, बालापन, पिरतीको रङ्ग,आकाशको जुन र नयाँ वर्ष रहेको छ । उक्त एल्वममा जितेन राई, रोशनराज गुरुङ्, विरचन्द्र राई (बि सी) बसन्त मुकारुङ् गङ्गाराज राई जितेन राई र विरचन्द्र राई (बि सी) को सङ्गीत रहेको छ।

सर्जकले यो भन्दा पहिले बि. स. २०६९ सालमा पहिलो कृति धर्तिको जन्म र समर्पणलाई कर्मभूमि ब्रुनाईमा प्रवासी नेपाली साहित्य समाजको सक्रियतामा सार्बजनिक गरेर कवि तथा गीतकारको रुपमा परिचित भई सक्नु भएको हो।

सर्जक जानुका राईले आजको कार्यक्रम अरु कार्यक्रम भन्दा अलि पृथक भएको जानकारी गराउदै कार्यक्रमका आयोजक “भिमु मेमोरियल ट्रष्ट” भएको सहर्ष जानकारी गराउदै कृतिका बारेमा निकै लामो बोल्नु भएको थियो। सर्जकले आफ्ना सासु–ससुरा र बाबा–आमाहरुलाई सम्झनु भएको थियो । उहाँहरुले बुझेर सहयोग गर्नु भएकोले गर्दा आज यो अवस्थामा भएको बताउनु भयो।

कार्यक्रमको दोस्रो सत्र शुभकामना मन्तब्य बोल्ने क्रममा पैसाको भन्दा समयको धेरै महत्व भएको ठाउमा बसेर यति धेरै कृतिहरु जन्माउनु भनेको पक्कै धेरै समय खर्चिनु भएको हो भन्दै नेपाल पत्रकार महासङ्घ यूकेका अध्यक्ष नरेश खपाङ्गीले स्वागत मन्तब्यमा बताउनु भयो। किराँत राई यायोख्खाका उपाध्यक्ष तथा खोटाङ् समाज यूकेको अध्यक्ष रिटायर्ड क्याप्टेन भुपजीत राई, किरात राई सांस्कृतिक सङ्घ बेलायतका अध्यक्ष हेम कुमार राई, मगरात संघ बेलायतका अध्यक्ष हिकमत सिङ् रोका, सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डका अध्यक्ष चक्र साम्पाङ राई, सङ्गीतकार तथा कम्पोजर बिसी राई लगायतले आफ्न विचार व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्ष “भिमु मेमोरियल ट्रष्ट”का संस्थापक अध्यक्ष सर्जक जानुका राईले “ट्रष्ट”को बारे बोल्दै बि.स. २०७० सालयता १ जनालाई वर्षको ४० हजार नेपाली रुपैया ४ जना नानीहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र यि कृतिहरुबाट आएको रकमहरु पनि यसै “ट्रष्ट” मा जाने जानकारी गराउदै उपस्थित सम्पूर्णलाई जटिल समयमा पनि समय मिलाएर यस कार्यक्रममा उपस्थित भई दिनु भएर मात्रै आजको यस कार्यक्रम सक्षम भएकोले सम्पूर्णलाई हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै खानपिनपछि कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नु भयो।

सांगीतिक कार्यक्रममा साहित्यकार सेमन्त राईको बाँसुरीको धुनबाट उठान गरेपछि गायक गङ्गाराज राई र नरेन्द्र राईले गीत गाएर भरपुर मनोरञ्जन दिलाए।

दिउसो १ बजे शुरु भएर साँझ ६ बजे सकिएको उक्त कार्यक्रमलाई गायक तथा संगीतकार गंगाराज राईले सञ्चालन गरेका दिए।





Comments

comments

26863