गुमनाम प्रदेश प्रमुख

काठमाडौं, १० चैत । मुलुक संघीय संरचनामा गएपछि अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त ग¥यो। संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख ‘सेरेमोनियल’ भएकाले यतिबेला उनीहरू निष्क्रियजस्तै छन्। प्रदेश प्रमुख नियुक्तिका बेला उनीहरूको जति चर्चा थियो, त्यो अहिले छैन।

प्रदेश प्रमुख नियुक्त हुनुअघि उनीहरू आआफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए। पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्षमै गुमनाम भएका छन्। सेरेमोनियल राष्ट्रपतिको भने सञ्चारमाध्यममा चर्चा भइरहन्छ। तर अधिकांश प्रदेश प्रमुखबारे आमनागरिक बेखबर छन्। प्रदेश सरकार गठनका लागि आह्वान गर्ने, मुख्यमन्त्रीलाई शपथ गराउने, विधेयक प्रमाणीकरण लगायतका जिम्मेवारी प्रदेश प्रमुखलाई तोकिएको छ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल प्रदेश प्रमुख छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ।





Comments

comments

Leave a Reply

27465