आइजिपीविरुद्द फेसबुकमा लेख्दा डिएसपी निलम्बित

काठमाडौं, १४ पुस। सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला। सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ।

फेसबुक प्रयोगमै सतर्कता नअपनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन्। आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा सशस्त्रका डिएसपी नानीराम हुमागाईंलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ। सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको छ।





Comments

comments

3496