विपन्नवर्गका विद्यार्थीहरुका लागि तनहुँले अक्षयकोष स्थापना गर्दै

दिल बहादुर रानाभाट / एचकेनेपाल डट कम –
दोहा। तनहुँ सेवा समाज कतारले एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउने विपन्नवर्गका जेहनदार विद्यार्थीहरुका लागी सहयोगार्थ अक्षयकोष स्थापना गर्ने उद्धेश्य अनुरुप भाग्यशाली चिट्टा कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले जिल्लामा १ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ।

दोहास्थित ईष्टवेष्ट रेष्टुरेन्टमा संस्थाले भााग्यशाली चिट्टा उपहार नतिजा प्रकाशित तथा नयाँ बर्ष २०१५ को शुभकामना आदना प्रदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव सुर्य प्रसाद लम्सालले कार्यक्रमलाई सन्चालन गरेका हुन। प्रमुख अतिथि गैरआवासीय नेपाल संघ कतारका अध्यक्ष मक्सुद अलामले जिल्लामा विपन्नवर्गका विद्यार्थीहरुका लागी कतारबाट सहयोगका लागी आयोजना गरिएको कार्यक्रम प्रती आभार प्रकट गर्दै कतारमा स्थापित सबै संघ संस्थाहरुले यसरीनै आ–आफ्नो क्षेत्रमा सहयोग गरि प्रवासबाट समाजको हितका लागी अघाडी बढ्नु पर्ने बताए।

कार्यक्रममा विषेश अतिथी युवा समाजसेवी ईश्वर काफ्लेले तनहुँले विगत लामो समय देखी परोपकारी कार्यक्रम गर्दै आईरहेको र आफु स्वयंम संलग्न रहेको स्मरण गर्दै कार्यक्रममा नयाँबर्षको शुभकामना दिए । संस्थाका संस्थापक सदस्य भिम बहादुर थापाले संस्थाले विगतमा गरेका कार्यहरुको स्मरण गर्दै आगामी दिनहरुका पनी संस्थालाई मजबुद गर्दै लैजानु पर्ने बताए।

संस्थाका सल्लाहकार, एनआरएनए कतारका युवा संयोजक तथा प्रेस चौतारी कतारका अध्यक्ष नवराज बिकले संस्थाले विभिन्न सामाजिक काम गर्दै अएको र अझ मजबुत र सश्क्त बनाउदै लानु पर्नेमा जोड दिदै “अझै कति खेल्छौ हजुर गुटको राजनिति, छक्याएर दुनियालाई झुटको राजनिति । महान बिचार दस्तावेज अफैलाई भुलि, कुर्चिको मोहमा लप्पा खेल्दै फुटको राजनिति । अझै कति राख्छौ मन अन्योलमा जन्ताहरु, अफरमा पायौं कित छुटको राजनिति । चुनावी नारा तिम्रा घोषणापपत्रहरु, सिमित राख्यौँ भाषणमा लुटको राजनिति । शान्ति सविधान सुनिश्चित राख्नलााई परिर्वतन सङ्कलप हो एकजुटको राजनिति भन्दै आफ्नो एक गजल सुनाए भने सल्लाहकार करिम बक्स मिँयाले तनहुँ सेवा समाज नितान्त सामाजिक संस्था भएकाले संस्थालाई राजनितीकरण गर्न नहुने बताए । उनले अक्षयकोषको लागी आयोजित कार्यक्रम सफल रहेको भन्दै शुभकामना दिए।

नेपाली राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममा अतिथीहरु संस्थाका सल्लाहकार तथा प्रवासी नेपाली मञ्चका सह सचिव मुनाफ मिँया , सल्लाहकार निमलाल कुमाल , एकता समाजका सचिव विश्व थापा , दाङ्ग दउखुरी सेवा समाजका सुर्य सुवेदी , नेपाली महिला समाज कतारकी उपाध्यक्ष अमिना खान , पर्वत युवा सेवा समाजका महासचिव तथा ईमेज नेपाल न्युजका सम्पादक दिल कुमार श्रेष्ठ लगायत कतारमा स्थापित संघ संस्थाहरुका प्रतिनिधी तथा तनहुँवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उपस्थीत अतिथीहरुले नयाँ वर्ष २०१५ तथा कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए । भने संस्थाका सचिव दिल बहादुर रानाभाटले स्वागत मन्तव्य राखेका थिए।

संस्थाले विगत ३ महिना पहिला शुरु गरेको भाग्यशाली चिट्टा उपहार कार्यक्रमलाई सार्वजनिक गरेको छ । कार्यक्रममा प्रथम पुरस्कार ल्याप्टप आशुँ पाण्डे चिट्टा न.ं १९७१ , दोश्रो पुरस्कार ३२” को एलईडी टिभी राजिव यादव चिट्टा न.ं १२०८ , तेश्रो पुरस्कार डिजिटल क्यामरा अविदल बस्नेत चिट्टा न.ं ७८७ ले पाएका छन । चौथो पुरस्कार साम्सुङ्ग ग्यालेक्सी मोवाईल राम राई र सान्तवता पुरस्कार एलईडी लाई पाँच जनालाई प्रदान गरियो । कार्यक्रमका अतिथीद्धारा चिट्टाको सार्वजानिक गरिएको हो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै सभापती परियारले नयाँबर्षको शुभकामना दिए।

सवल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान भन्ने मुल नाराका साथ सन् २००४ मा स्थापना भएको संस्थाले कतारमा विविध परोपकारी काम गर्दै जिल्लामा समेत सहयोगी भुमिका खेल्दै आईरहेको छ । कतारमा स्थापित संघ संस्थाहरु मध्येमा सामाजिक कार्यका लागी अग्रणी भुमिका खेलिरहेको संस्थाले जिल्लामा विपन्न वर्गका विद्यार्थीहरुको सहयोगार्थ अक्षयकोषका लागी चिट्टा कार्यक्रम गरेर एउटा उदाहरण प्रस्तुत गरेको छ।





Comments

comments

3824