काठमाडौंबाट हराएका विद्यार्थी भारतमा भेटिए

काठमाडौं, ५ माघ। ललितपुरको लिटिल एन्जल्स कलेजको होस्टलबाट हराएका संसाद आलम अन्सारी एक महिनापछि भारतको राजस्थानमा अर्धचेत अवस्थामा भेटिएका छन।

कक्षा ११ मा अध्ययन गरिरहेका उनी मंसिर २९ गते विहादैदेखि हराइरहेका थिए। होस्टेलमा साथीसँगै सुतेका उनी एकाएक वेपत्ता भएपछि परिवार तथा आफन्त, प्रहरी प्रशासन र कलेज खोजी कार्यमा जुटेका थिए। राजस्थानसम्म उनलाई कसले र किन लग्यो भन्ने खुल्न सकेको छैन, अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ।





Comments

comments

3845