बेलायतमा नेपालीले मनाए अर्थ आवर दिवश

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
चैत्र १५ लन्डन। बेलायत फोक्सटन नजिकै नेपाली रेष्टुरेण्ट लेमनलिफमा विश्व नेपाली साहित्य महासंघ बेलायतको आयोजनामा शनिवार अर्थ आवर दिवश भव्यरुपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि फोक्सटन बेलायतका पहिलो गोर्खा तथा पूर्वकाउन्सिलर धन गुरुङ र कार्यक्रमका सभापति विश्व नेपाली साहित्य महासंघ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाले संयुक्तरूपमा औपचारिक कार्यक्रमको उद्घघाटन गरेका थिए।

नेपाली राष्ट्रिय गानबाट सुरुवात गरिएको कार्यक्रममा उपस्थित प्रमुख अथिति र विशेष अथितिहरु बेलायत प्रतिभा प्रतिष्ठानका कोषाध्यक्ष पत्रकार देबेन्द्र खेरेश र खोटाङ्ग प्रतिभा प्रतिष्ठानका संस्थापक गीतकार ईश्वर चाम्लिङ्गले अर्थ आवारबारे प्रतिबद्वता मन्तव्य छोटो मिठो रुपमा राखेका थिए।

विश्व नेपाली साहित्य महासंघ बेलायतका आयोजनामा कविता, गीत र मुक्तकहरु विभिन्न मोडहरुबाट प्रस्तुत गरिएको थियो। कार्यक्रममा वाचन लगतै विश्व नेपाली साहित्य महासंघ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाकाले कविता ,गीत र मुक्तकका बारेमा समिक्षा मन्तब्य राख्दै आफनो सिर्जनाहरु पस्केका थिए। कार्यक्रममा आफनो सिर्जनाहरु प्रस्तुत गरिएकोमा विशेष र भावनात्मक भन्दै वातावरणविद् हितानलाई प्रमुख अतिथिबाट आफ्नो सिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडि बढाउनका निम्ति प्रोत्साहनस्वरुप विश्व नेपाली साहित्य महासंघ बेलायतको तर्फबाट कवि हितानलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

समारोहका प्रमुख अतिथि बेलायत फोक्सटनका पूर्वकाउन्सिलर धन गुरुङले यस्ता रचनात्मक कार्य र सम्वेदनशील भावनाले नै समाजमा नयाँ विचार र नयाँ समाजको विस्तार बन्ने सोच व्यक्त गर्दै नेपाली गीत “आमा मलाई पनि बाच्न देउ, यो धर्तीमा” बोलको गीत गाउंदा उपस्थित सबै भाबुक र मन्त्रमुग्ध भएका थिए।

कार्यक्रमको अन्त्यतिर सिर्जना वाचनको शुरुवात अप्जसे कान्छाको कविता वातावरण शीर्षकमा एकल वाचन शुरुवात गरिएको थियो। त्यस्तै गरी, प्रकृतिको जादु क्रिष्टिना घम, सिता पुर्जा पुनले पहिलो गीति एल्बमका पहिलो गीत सुनाए। यसैगरि कवि बिजय हितान, विज्ञान विषयमा विद्याबारधि अर्को वर्ष पुरा गर्न लागेका विद्यार्थी महा रार्ईलगायतले आधा दर्जन कविहरुले आफ्नो सिर्जना पस्केका थिए।

बेलायतमै हास्यविधामा चर्चित बनेका नरेश नाती विचार र चिन्तनशिर तिर मात्र सिमित छैनन नेपाली गीत संगीतमा पनि रमाउने सर्जक कार्यक्रममा हाँस्य व्यंग्यात्मकरुपमा आफनो मुक्तक र क्यारिकेचर प्रस्तुत गर्दा माहोल रमणीय बनेको थियो। विश्व नेपाली साहित्य महासङ्घ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाले हरेक साल अर्थ आवार दिवश भव्यरुपमा मनाउदै जाने प्रतिबद्धता गरे। विश्व नेपाली साहित्य महासङ्घ बेलायतका अध्यक्ष विश्वसदिप तिगेलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका सञ्चालन रोशन राईले गरेका थिए।





Comments

comments

Leave a Reply

5340