गोर्खा कप बेलायतको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन, तमूधि बेलायतकोे प्रायोजनमा हरेक बर्ष हुने १३ औ गोर्खा कप प्रतियोगिताको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुमेको छ। स्वदेशको भयवहस्थितीलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत गरिएको थियो।

विभिन्न संघ संस्थाहरु र नेपाली युवा समूहले आ–आफ्नै तरिकाबाट भूकम्पपीडितका लागि आर्थिक सहयोग अनुनय गरिरहेका थिए। बेलायतमा सबै भन्दा पुरानो र चर्चित मानिने गोर्खा कप यो बर्ष मनोरन्जन भन्दा पनि स्वदेशमा परेको विपत्तिलाई बेलायतबासीहरुले एकजुट भएर आर्थिक संकलनमा दिनभर नै लागेका थिए।

आर्मी ग्यारिसनको परिसरमा आईतबार शुरु भएको लिग खेलबाट छनौट हुदै फाईनल खेलमा क्वीन्स गोर्खा सिग्नल्स र रिडिङ यूनिटी विच प्रतिष्पर्धा भएको थियो। पूरा खेल समयभित्र प्रतियोगिताको निर्णय हुन नसकेपछि पेनल्टीबाट फाईनल खेलको निर्णय भएको होे।

रिडिङ यूनिटी लाई ५–४ ले पराजित गदै क्वीन्स गोर्खा सिग्नल्सले १३ औ गोर्खाकपको उपाधि चुमेको हो। उक्त खेलमा क्वीन्स गोर्खा सिग्नल्सका मोहन राई उत्कृष्ठ खेलाडी र ५ गोल गदै वेष्ट स्कोरर सहारा फुटबल क्लवका ओनर घोषित भए।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथि लन्डनस्थित कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङलगायतले गोर्खा कप फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए।

३२ प्रतिस्पर्धी समूहले भाग लिएको सो प्रतियोगितामा मुख्य र ८ भेटरेन गरि ४० टिमले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा भेटरेन तर्फबाट केन्ट एफसीले हङकङ ४० लाई ३–० ले पराजित गदै पहिलो स्थान हात पार्न सफल भएको हो। भेटरेन विजेता टिम केन्ट एफसीले ७५० पाउण्ड र उपविजेता टिम हङकङ ४० ले ५०० पाउण्ड नगद र कप प्राप्त गरे।

प्रमुख विजेता टीम क्वीन्स गोर्खा सिग्नल्सले १५०० पाउण्ड र उपविजेता रेडिङ यूनिटीले ७५० पाउण्ड मेडल तथा प्रमाणपत्र पाए। प्रमुख प्रतियोगिताको पुरस्कार घान्द्रुक निवासी चन्द्रमान गुरुङ र अस्मिता एसोसिएट्सका एलएन पाण्डेले प्रायोजन गरेका थिए।

अल्डरसट आर्मी ग्यारिसनका चिफ अफ आर्मी स्टाफ प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट प्रदर्शन पहिलो पल्ट गरिएको थियो। गोर्खा कपको मुख्य आकर्षण गराउदै प्यारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा फर्रफराउदै प्याराजम्परहरु सहि निशानीमा झरेका थिए। खेल समापन लगत्तै नाचगान सुरुवात भएको थियो।

बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावि सन्ततीहरु लगायत बृद्वबृद्वा, छोरीचेलीहरु र आफ्न्तहरुमाझ भेटघाट गर्ने शुभ अवसर मिलोस् भन्नका खातिर र साथै खेल प्रेमीहरुको खेलमा प्रगति होस र खेल खेलेर भरपूर मनोरन्जन लियोस भन्ने उद्देश्यले हरेक बर्ष यो प्रतियोगिता तमधि युकेले गदै आएको गोर्खा कपको संयोजन क्याप्टेन पिताम्बर गुरुङले जानकारी दिए।





Comments

comments

Leave a Reply

6705