बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना, विदेशी महिलासहित ४ को मृत्यु (भिडियो)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। यमुनाडाँडा ८ स्थित शिलापर्बतमा बिजुलीको हाइटेन्शन लाइनमा ठोक्किएपछि हेलिकोप्टर आगोको मुस्लोसहित जंगलमा खसेको थियो।


फोटो:शान्त नेपाली/ट्वीटर

माउन्टेन एयरको नाइन एन-एजेपी हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार क्याप्टेन सुबेक श्रेष्ठ र एक विदेशी महिलासहित चारजनाको मृत्यु भएको समाचार अन्नपूर्णपोष्टमा छ।

सिन्धुपाल्चोक र दोलखाका भूकम्प प्रभावित क्षेत्रमा औषधीसहितको राहत पुर्‍याएर काठमाडौं फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टरबाट चार जनाको शव निकालिएको प्रारम्भिक जानकारी आएको छ। मृत्यु हुनेमा एकजना डच महिला डाक्टर पनि छन्।

भिडियोः

४ जनाको ज्यान जाने गरी सिन्धुपाल्चोकको यमुनाडाँडामा मंगलवार दुर्घटनामा परेको माउन्टेन एयरको हेलिकोप्टर टुक्राटुक्रा परेको छ। शवहरू जलेका छन् (हेर्नुहोस् भिडियो) । सिन्धुपाल्चोक र दोलखाका भूकम्प प्रभावित क्षेत्रमा औषधीसहितको राहत पुर्‍याएर काठमाडौं फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो।

Posted by HKNepal.com on Tuesday, 2 June 2015

कोदारी राजमार्गको बलेफी बजारबाट पारिको यमुनाडाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर ठूलो आवाजसहित आगो लागेर खसेपछि स्थानीयले प्रहरीलाई खबर दिएका थिए।सेनासहितको सुरक्षाकर्मीको टोली घट्नास्थलमा पुगेको र उद्धारको काम सुरु भएको सिन्धुपाल्चोक जिल्लाका डिएसपी दीपक खरेलले बताए। हेलिकोप्टरबाट चार जनाको शव निकालिएको प्रारम्भिक जानकारी आएको छ।


फाइल फोटो: दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन सुबेक श्रेष्ठ।

स्थानीय प्रकाश जिसीले हेलिकोप्टर खसेर आगो लागिरहेको जानकारी स्थानीय संवाददातालाई दिएका छन्। ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा खसेपछि स्थानीय तर्सेका थिए।





Comments

comments

Leave a Reply

6798