बेहुली लिन हिडेका जन्ती लास लिएर फर्किए

राजविराज, सप्तरीको हनुमाननगरबाट राजविराज हिंडेको एक जन्तीको मंगलबार सडक दुर्घटनामा परी मृत्यु भएको छ।

बमनगामा कट्टी–९ स्थित मन्सापुर चोकको कलभर्टमा स १ प ८४१० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक कञ्चनरुप १ का २५ वर्षीय सजिम शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

मोटरसाइकलको पछाडी सवार मृतकका साला हनुमान नगर २ का २२ वर्षीय इर्शाद अली गम्भिर घाइते भएका छन् । गम्भिर घाइते अलीलाई तत्कालै उपचारका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी नायव निरीक्षक दावा तामाङ्ले जानकारी दिए।

शवको राजविराज–३ स्थित अञ्चल अस्पतालमा मंगलबार साँझ पोष्टमार्टम भएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ। जन्ती आएका शेखको मृत्युपछि अधिकांश जन्तिहरु लाश लिएर फर्किएका छन् भने कोही अलीको उपचारका लागि धरान पुगेका छन् । उनिहरु राजविराज ७ का लागि हनुमाननगर २ बाट सागिर अलीको छोराको विहेमा जन्ती हिंडेका थिए।





Comments

comments

Leave a Reply

6907