स्व. पत्रकार भोम्जनको परिवारलाई साढे १२ लाख सहयोग

एचकेनेपाल डट कम-
काठमाडौं, नेपाल खेलकुद पत्रकार मञ्चले भूकम्पका कारण ज्यान खेलपत्रकार सुमन भोम्जनको परिवारलाई साढे १२ लाख रुपियाँ बढीको आर्थिक सहयोग उनको घर हेटौडा पुगेर शनिबार हस्तान्तरण गरेको छ।


फाइल फोटोः स्व. सुमन भोम्जन

मञ्च अध्यक्ष अजय फुयालको नेतृत्वमा भोम्जनको परिवार भेट्न पुगेको मञ्च टोलीले विभिन्न संघ, संस्था र व्यक्तिबाट संकलित १२ लाख ५९ हजार ३ सय ९४ रुपैयाँको चेक सुमनका बाबु सुरेन्द्रबहादुर र आमा विमला लामालाई हस्तान्तरण गरेको थियो।

चेक हस्तान्तरण गर्दै अध्यक्ष फुयालले भोम्जन परिवारलाई आउने दिनमा सबै खाले आवश्यक सबै खाले सहयोगका लागि मञ्च तयार रहेको बताए। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका मञ्चका सचिव प्रकाश तिमल्सिनाले तिमल्सिनाले सुमनको मृत्यले परिवार र नेपाली खेलकुद पत्रकारितालाई अपुरणीय क्षति भएको उल्लेख गरे। तिमल्सिनाले भोम्जनको परिवारलाई सहयोग गर्ने सबै संघ, संस्था र व्यक्तिहरुलाई मञ्चका तर्फबाट धन्यवाद दिए।

वैशाख १२ को विनाशकारी भूकम्पबाट भोम्जनको ज्यान गएको थियो भने उनको हेटौडास्थित घर बस्न नमिल्ने गरि चर्केको थियो। अहिले उक्त घर भत्काइएको छ।

अध्यक्ष फुयाल, उपाध्यक्ष देवेन्द्र सुवेदी,महासचिव महेश आचार्य, सचिव तिमल्सिना, कोषाध्यक्ष प्रमोद पोखरेल, सदस्यद्वय निरञ्जन अधिकारी, प्रज्ज्वल ओली तथा मञ्च तालिम विभाग संयोजक पवन आचार्यलगायतको टोलीले भोम्जनको घर भत्काइएको स्थलको निरीक्षण गरेको थियो।

राजधानीमा रहेर गोरखापत्रमा खेल पत्रकारका रुपमा कार्यरत भोम्जन मञ्चको मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष थिए।

सुमन भोम्जनको परिवारलाई गरेको आर्थिक सहयोग गर्नेहरुको सुचि

१.एआइपिएस ५,०००००।–

२.राष्ट्रिय खेलाडी कल्याण कोष १,००,०००।–

३. शरद धिताल, विशाल मल्ल, दीनेशजंग शाह, राजेन्द्र ज्ञवाली

बालमुकुन्द नेपाल (क्यानाडा) र सुवास ढकाल ६३,३७७।–

४.इक्यान (शैक्षिक परामर्श संघ नेपाल) ५१,१११।–

५.पुरुषोत्तम कट्टेल ५०,०००।–

६.सरिता गुरुङ (फेसबुक क्याम्पेनिङ) ३०,०००।–

७.अनिल, सिपोरा, परिक्षा र अन्जु ३०,०००।–

८.नेपाल ओलम्पिक कमिटी २५,०००।–

९.सञ्जय फाउन्डेसन २५,०००।–

१०.नेपाल गल्फ संघ २५,०००।–

११. नपाल खेलकुद पत्रकार मञ्च २५,०००।–

१२.माउन्टेनियरिङ एन्ड रक क्लाइम्बिङ २५,०००।–

१३.इपिएल लिग सर्पोट्स क्लब २२,३००।–

१४.सन्तोष शाह प्रतिष्ठान २०,०००।–

१५.ग्रेट हिमालय क्रिकेट क्लब २०,०००।–

१६.नवीन गुरुङ (बेलायत) २०,०००।–

१७.नेपाल ह्यान्ड बल संघ २०,०००।–

१८.सन्तोष ओझाको पहलमा क्यानाडाबाट १८,४३५ ।–

१९.सञ्जु पुर्जा मगर, साथीहरु १७,५००।–

२०.सहारा क्लब, पोखरा १५,५५५।–

२१.युएस एयर रेजर्स (राजीव शिल्पकार) १५,०००।–

२२.सिपोराको फिल्मबाट ११,१११।–

२३.स्पोर्टस फर अल १०,०००।–

२४.आइस हक्की १०,०००।–

२५.नेपाल साम्बो महासंघ १०,०००।–

२६.नेपाल जुडो संघ १०,०००।–

२७.अरुणकुमार श्रेष्ठ १०,०००।–

२८.बगर भाई क्लब १०,०००।–

२९.साउदी अरेबियामा बस्ने नेपाली १०,०००।–

३०.माली ट्राभल्स (नीलेन्द्र माली) १०,०००।–

३१.राम श्रेष्ठ, बोस १०,०००।–

३२.गोलनेपाल डट कम १०,०००।–

३३.विष्णुहरी घिमिरे (अमेरिका) १०,०००।–

३४.आरजे स्पोर्टस १०,०००।–

३५.विक्रम थकाली (पोखरा) ५,००५।–

………………………………………………………………….

जम्मा १२,५९,३९४।–

प्रकाश तिमल्सिना

सचिव

नेपाल खेलकुद पत्रकार मञ्च





Comments

comments

Leave a Reply

6999