सरकारी करको विरोधमा ‘फ्री सेक्स’ सेवा

एजेन्सी: अस्ट्रियाको साल्जबर्ग शहरको एक वेश्यालयले सरकारले लगाएको चर्को करको विरोध गर्न अनौठो तरिका अपनाएको छ । साल्जबर्गस्थित एक वेश्यालयले सरकारी करको विरोधमा आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो।


फोटो:एजेन्सी

त्यहाँको सरकारले एकसाथ वेश्यालयमाथि चर्को कर र व्यावसायिक नियम लागू गरेपछि त्यसको विरोध भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साल्जबर्गको यो वेश्यालयले आफ्नो वेबसाइटमा सरकारलार्इ कर नतिर्ने घोषणा गरिएको छ। ‘हामी अब कर तिर्दैनौ’, वेबसाइटमा भनिएको छ, ‘आजैबाट यहाँ सित्तैमा प्रवेश पाइनेछ। हामी सित्तैमा मदिरा र सेक्स गर्न दिनेछौं।’

सो वेश्यालयले पैसाको कारोबार नभएपछि सरकारले कर असुल्नै नसक्ने दाबी गरेको समाचार अन्नपूर्णपोष्टमा छ। आइतबार सञ्चारकर्मीले वेश्यालयमा फोन गरेर सित्तैमा सेक्स सुविधाबारे सोध्दा यो ठट्टा नभइ सत्य कुरा भएको बताएकी थिइन्।

वेश्यालयका मालिक हर्मन म्युलरका अनुसार उनको यो अभियान सेक्स कारोबार नियन्त्रण र दण्डात्मक करको विरुद्ध हो।

अस्ट्रियाका सञ्चारमाध्यममा देखाइएका तस्बिरमा सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि मानिसहरु लाइन लागेको देखाइएको छ। तर ती वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स सेवा दिने कर्मचारीलार्इ भने पूरा पारिश्रमिक दिने जनाएका छन्।





Comments

comments

Leave a Reply

7012