भिडियो भाइरल भएपछि दम्पतीद्वारा आत्महत्या

भोपाल (भारत)- स्मार्टफोनले मान्छेलाई जीवनका हरेक पल कैद गर्ने सुविधा दिएको छ। यसले वर्तमानका रोमाञ्चकतालाई सधैँ जोगाएर भविष्यमा खुशी ल्याउँछ भन्ने चाहिँ निश्चित छैन। भिन्न किसिमका परिणाम पनि देखा पर्न थालेका छन्।

भारत मध्य प्रदेशको देवासका पति पत्नीले निजी जीवनका गोप्य क्रियाकलापको भिडियो मोबाइलबाट खिचेर राखेका थिए। सोही भिडियो इन्टरनेटमा भाइरल भएपछि उनीहरूले संसार त्यागेका छन्।

निजी क्षणको भिडियो सोसल मिडियामा भाइरल हुँदा त्यसलाइ सामना गर्न नसकी उनीहरूले आत्महत्याको बाटो रोजेको प्रहरीले जनाएको छ। घटना देवास जिल्लाको एउटा गाउँमा भएको हो।

भिडियो रहेको मोबाइल दुइ वर्षअघि हराएपछि भेट्टाउनेले व्यक्तिले भिडियो इन्टरनेटमा राखेको प्रहरी अनुमान छ। प्रहरीले घटनामा संलग्न भएको अरोपमा ५ जनालाइ पक्राउ गरेको समाचार नागरिक दैनिकमा छ।

मोबाइल सेटमा निजी क्षण
आत्महत्या गर्ने व्यक्तिको दुइ वर्षअघि सो मोबाइल हराएको थियो। पछि छेउको गाउँका एक व्यक्तिको साथमा मोबाइल भेटिएको थियो। मोबाइल भेट्टाउने सन्तोष नाम गरेका व्यक्तिले मोबाइल चलाउन नजानेपछि साथी मुकेशलाइ दिए। दुवैले मोबाइलको डाटा निकालेर मोबाइल फिर्ता गरिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सन्तोष र मुकेशले अरू धेरै साथीहरूलाइ भिडियो सेयर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

केही दिन पहिले सोही पुरानो भिडियो इन्टरनेटमा भाइरल भएको थियो। सो कुरा थाहा पाएपछि पति पत्नी मानसिक रूपमा विक्षिप्त बनेका थिए। सो परिस्थिति सामना गर्न नसक्दा उनीहरूले विष सेवन गरी सँगै आत्महत्या गरेको प्रहरीले उल्लेख गरेको छ।

दम्पतीका एक छोरा र एक छोरी छन्। सन्तोष, मुकेश तथा किशोरविरूद्ध प्रहरीमा उजुरी दर्ता भएको छ। प्रहरीले घटना अरू पनि व्यक्ति संलग्न रहेको उल्लेख गरेको छ।





Comments

comments

Leave a Reply

7215