युवाहरुमा यसरी फेसन बन्दै गएको छ पेस्तोल ! (भिडियोसहित)

७ जेठ: पूर्वलडाकु विनोद कट्टेल र उनका साथी दुर्गासिंह गुरुङ बालाजुस्थित चियापसलबाट पक्राउ, उनीहरूबाट एक पेस्तोल बरामद

५ असार: भारतबाट ल्याएर काठमाडौं तथा चितवनलगायत ठाउँमा पेस्तोल बेच्ने धादिङका वेगबहादुर तामाङ, सम्राट राई, सुनील तामाङ र सन्देश तामाङ दुईवटा अत्याधुनिक पेस्तोलसहित पक्राउ

१४ असार: ककनीबाट निजी कारमा काठमाडौं फर्कंदै गरेका चार युवक गोलढुंगामा पेस्तोलसहित पक्राउ । पाँचवटा गोली लोड भएको पेस्तोल जयबहादुर रोकायले कम्मरमै भिरेका थिए।


हेर्नुहोस् भिडियो

राजधानीमा साना हतियार बरामदका पछिल्ला घटना हुन् यी। यसले साना हतियार कसरी युवाका लागि फेसन बन्दै छ भन्ने देखाएको छ। केहीले आपराधिक उद्देश्यले पेस्तोल बोक्ने भए पनि केही युवाले भने फेसनका रूपमा पेस्तोल राख्न थालेको प्रहरीले जनाएको छ।

साना हतियारप्रति भर्खरै गुन्डागर्दीमा लागेकाहरू, ठेकेदार, दलका कार्यकर्ता र अवैध काम गर्नेको मोह बढेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। पुराना गुन्डाले भने हतियार लुकाएर राखेको प्रहरीको सूचना छ।

साना हतियार नियन्त्रणमा प्रहरीले बलियो संयन्त्र नबनाउँदा बिगबिगी बढ्दै गएको छ। साना हतियार पनि सुरक्षामा प्रमुख चुनौती भएको र नियन्त्रणका लागि आफूहरूले अप्रेसनको तयारी गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन्।

बा.६च ११५ नम्बरको मारुती कारमा सवार चार युवा ककनीबाट फर्कंदै गर्दा प्रहरीको चेकिङमा परे। गाडी प्रहरीले खानतलासी गरेलगत्तै उनीहरू भाग्न खोजेका थिए। पेस्तोल बोकेर हिँडेका उनीहरू पक्राउ पर्ने डरले भाग्न खोजेका थिए। प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा जयबहादुर रोकायको कम्मरमा पाँचवटा गोली लोड गरिएको पेस्तोल बरामद भएको थियो। उनीसहित सुमन तामाङ, प्रेमप्रकाश बुढामगर र गन्जबहादुर मगर पक्राउ परेका छन्।





Comments

comments

Leave a Reply

7265