कोलोराडोमा यसरी तीज मनाईयो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। हिन्दू महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा शनिबार सांझ कोलोराडोको बिभिन्न शहरमा तीजको दरखाने कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा हिन्दू धर्मप्रति आस्था तथा भक्तिभाव राख्ने नेपाली दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। बोल्डर शहरस्थित रोयल क्ले ओभेन रेष्टुरेन्टमा सम्पन्न दरखाने तथा नाचगान गर्ने कार्यक्रममा बोल्डर, लङमन्ट, इरि, बु्रमफिल्ड, लाफियत तथा सुपरियरलगायतका स्थानबाट १ सय पचास भन्दा बढी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

रोयल क्ले ओभेन रेष्टुरेन्टका संचालक निरा गौतम तथा जगन्नाथ गौतमको आयोजनामा सेलरोटी, खिर, खसिको मासु, दहिलगायतका २५ भन्दा बढि स्वादिष्ट परिकार स्वाद लिंदै उपस्थित दिदीबहिनीहरुले नाचगान गरेका थिए।

विभिन्न बाध्यता र परिस्थतिले मातृभूमिभन्दा टाढा रहेपनि आफू जन्मे हुर्केको देशको संस्कृति भुल्न सकिदो रहेनछ भन्दै चाड पर्व र संस्कृतिलाई निरन्तरता दिन तीजको कार्यक्रम आयोजना गरेको आयोजक निरा गौतमले बताईन्। यस्ता कार्यक्रमको आयोजनाले आफ्नो भाषा, संस्कृति, रहन सहन, भेषभूषाको संरक्षण हुनुको साथै यहिं हुर्के बढेकाहरुको लागि संस्कृतिको समेत पहिचाहन हुने उनको दावी छ।

कार्यक्रममा उपस्थित अधिकांश महिला दिदीबहिनीहरु रातो साडी चोलो तथा विभिन्न किसिमका गरगहना लगाएर आएका थिए। कार्यक्रममा तीजको भाकामा दिदीबहिनीहरु छमछमी नाचिरहदा आफू नेपालको गाउंघरमा भएको भान हुन्थ्यो।

हङकङमा यसरी मनाईयो तीज हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

8634