हङकङमा जारी खेल वर्षाका कारण रद्द, नेपाल फाइनलमा..

तस्बिर : क्यान

एचकेनेपाल डट कम –
हङकङ, १२ अप्रिल। हङकङमा आयोजित चारदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार हङकङसँगको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेता बन्न सफल भएको हो।

घरेलु टोली हङकङले नौ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रद्द भयो। दुवै टोलीले एक-एक अंक बाँडेसँगै नेपालले तीन खेलमा पाँच अंक जोड्दै समूहको शीर्ष स्थान हासिल गर्‍यो।

आइतबार हुने फाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरिसकेको छ। यसैगरी तेस्रो स्थानका लागि हङकङ र कतारबीच खेल हुनेछ।
हङकङमा नेपालको जितसंगै र दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान..
हङकङमा जारी खेलमा कतारविरुद्ध नेपाल ८ विकेटले विजयी..





Comments

comments

130445