Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निर्वाचन असफल बनाउन पोखरामा प्रदर्शन

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, संविधान संशोधन गरी पहिचान, अधिकार, प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलित संघीय गठबन्धन – मधेशी मोर्चाको आन्दोलन अन्तर्गत मंगलवार पोखरामा प्रर्दंशन गरेकाछन्।

जसरी भए पनि प्रतिगामी संविधान कार्यान्वयन गराउने उद्धेश्यले बैशाख ३१ गते मिति तय गरी घोषणा गरिएको स्थानिय निर्वाचन असफल बनाउन गठबन्धनद्धारा घोषित आन्दोलनको कार्यक्रम अन्र्तगत संघीय गठबन्धन कास्कीले चिप्लेढुंगा मानवअधिकारचोकबाट विरोध र्याली सुरु गरी विपीचोक, हुदै महेन्द्रपुल भिमसेनचोकमा कोणसभा गरेको थियो।

कोणसभा बोल्नुहुदै संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङले संविधान संशोधन गरी पहिचान र अधिकार सुनिश्चित नगरेसम्म गरिने निर्वाचनलाई शसक्त बहिष्कारका साथै असफल बनाउने चेतावनी दिनुभयो । प्रतिगामी संविधान कार्यान्वयन गराउन ज्ञानेन्द्र शैलीको निर्वाचन गराउन लालयीत सरकारलाई भोलि जनताको अधिकारमुखी आन्दोलनले ज्ञानेन्द्रकै हालतमा पुर्याउने दावी गर्नुभयो।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले पहिला संविधानमा हिजैदेखि विभेदमा पारिएकाहरुको अधिकार सुनिश्चित गराउन अनि निर्वाचनमा प्रतिस्पर्धा गरौं भन्नुभयो । उहाँले प्रतिगामी संविधान कार्यान्वयन गर्न जवरजस्ती गरे झण्डा बोक्ने हातले हतियार बोक्न बाध्य हुने चेतावनी दिनुभयो।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल रानामगरले प्रतिगामी निर्वाचन वहिष्कार गर्न आम नेपालीलाई आग्रह गर्नुहुदै अधिकार विनाको संविधान कार्यान्वयनका लागि गरिने निर्वाचन असफल बनाइ छाड्ने उद्घोष गर्नुभयो।

सांकेतिक रुपमा मसालसहित विरोध प्रदर्शनमा सहभागीले प्रतिगामी बैशाख ३१ को निर्वाचन असफल पारौं, पहिचान र अधिकार सहितको संविधान संशोधन गर, संघीय गठबन्धन जिन्दावाद, तमुवान प्रदेश घोषणा गर लगायतका नारा लगाएका थिए ।

आन्दोलनका कार्यक्रम अन्र्तगत निर्वाचन विरुद्ध बैशाख ७ गते संघीय गठबन्धन कास्कीले सिठी, लाठी जुलुस गर्ने संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो।





Comments

comments

Leave a Reply

17385