हङकङ कोरोना अपडेट : २६ सङ्क्रमित थपिए, टो क्वा वानमा एम्बुस लकडाउन …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,६९४ पुगेको छ। संक्रमितहरुमध्ये २१ स्थानीय र ५ जना आयातित रहेका छन्। आयातित सङ्क्रमितमा १ जना इन्डोनेसियाको घरेलु सहयोगी र भारतबाट आएका एकै परिवारका ४ जना सदस्य रहेका छन्।

संक्रमितहरुमध्ये १६ पुराना केससंग संबन्धित छन् भने ५ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा ५ महिनादेखि ७५ वर्ष उमेर बीचका १६ पुरूष र १० महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ९,९७६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ४७४ जनाको उपचार भइरहेको छ। २४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

To Kwa Wan lockdown

आज पनि लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि आज पनि निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको छ।

To Kwa Wan
Kiu Yu Mansion on 86-94H Lok Shan Road
Kiu Fat Mansion on 96-106J Lok Shan Road

माथि उल्लेखित भवनमा भोलि बिहानसम्म लकडाउन जारी गरेको छ। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

File Photo: TRTWORLD




Comments

comments

40560