म्युजिक भिडियोमा रम्दै दुबईका नेपाली मोडलहरु

अनिता न्यौपाने / एचकेनेपाल डट कम –
दुबई। नेपाली सांगीतिक क्षेत्रमा राज गरिरहेका सफल गायक स्वरुपराज आचार्यको नयाँ गीत ‘मैलेभन्दा धेरै माया गर्ने मान्छे तिम्लाई मिलोस्..मैले रोएनि तिम्रो आँसु कहिले नझरोस्’…. बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडियोमा दुबईबाट सार्वजनिक भएको छ।

भिडियोमा यूएईमा कार्यरत नेपाली मोडलहरुले अभिनय गरेका छन्। नेपाली मोडलिङमा क्यारियर बनाउन खोजिरहेका आशीष पुरुष, नवमोडल निलम खड्का र सबिन गिरीको बेजोड अभिनय भिडियोमा देख्न सकिन्छ। विपिन किरणको शब्द, महेश खड्काको संगीत रहेको उक्त गीतको भिडियोलाई विकल्प क्रिएसनका मुनालशिशिर कोइरालाले निर्देशन गरेका हुन्।

यूएईको नेपाली मोडलिङ तथा नयाँ कलाकार उत्पादन कार्यमा क्रियाशील आशीष पुरुषको साथमा सविन गिरी र निलम खड्काले निकै मिहिनेत गरेर सार्वजनिक गरेको भिडियो एकपटक हेर्नैपर्ने खालको रहेको मोडल खड्काले बताएकी छिन्। भिडियोमा वियोगान्त कथानक रहेका कारण धेरै संगीत पारखीहरुले मन पराउने मोडेल खड्काले बताइन्।

नेपालमै दर्जनभन्दा बढी गीतमा मोडलिङ गरिसकेका आशीष अन्तर्राट्रिय नेपाली कलाकार संघ, यूएईका संरक्षकसमेत हुन्। आशीषकै आग्रहमा पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेकी खड्काले सत्यस्रुपको गीतका शब्द मन परेका कारण मोडलिङ गरेको बताइन्। निलमको फोटोजेनिक फेस भएका कारण उक्त भिडियो उत्कृष्ट बनेको निर्देशक कोइरालाले बताएका छन्। पहिलोपटक क्यामरा फेस गरे पनि रमाइलो अनुभव भएको खड्काले मोडलिङमा जम्ने संकेत गरेकी छिन्।

विगत १८ महिनादेखि दुबईमा कार्यरत काठमाडौंकी निलम खड्काले पहिलो भिडियोको रेस्पोन्स धेरै राम्रो आएका मोडलिङलाई निरन्तरता दिने बताइन्। निर्देशक कोइरालाले नयाँ कलाकार भए पनि निलम खड्काको प्रस्तुति उत्कृष्ट रहेको र म्युजिक भिडियोले निलमको क्यारियरको नयाँ ढोका खोल्ने दाबी गरेका छन्।

यूएईको नेपाली मोडलिङको क्षेत्रमा पछिल्लो समयमा राम्रा सम्भावना भएका मोडलहरुको आइरहेको समयमा निलमको उपस्थितिले झनै नयाँ आशा जगाएको अनेकसका संरक्षक आशीष पुरुषले बताए। दुबईका भव्यता, सभ्यता, सुन्दरता र वैभवतालाई भिडियोमा कैद गरेका कारण उक्त भिडियो हेर्न लायक बनेको निर्देशक कोइरालाको दाबी छ। दुबईका आब्रा, अल मम्जार पार्क, फिस्टेल टाभल्स र सिल्भर स्पुन नेपाली रेस्टुरेन्टमा छायांकन गरिएको छायाकार प्रवीन ज्ञवालीले बताएका छन् ।

गीतको भिडियो लिंक





Comments

comments

Leave a Reply

10047