हलमा स्नेह, धौली र बीच बाटो

मोफसल र राजधानीमा गरी शुक्रबार तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म हुन्, ‘स्नेह’, ‘धौली’ र ‘बीच बाटो’ । धौली अघिल्लो शुक्रबार अर्थात् १० पुसमा मोफसलका हलमा प्रदर्शन भई यो शुक्रबार राजधानी छिरेको हो।

इन्द्र परियारको लेखन र निर्देशनमा निर्माण भएको स्नेहमा प्रेमकथा प्रस्तुत गरिएको छ। अधिकांश दृश्य पूर्वी नेपालमा खिचिएको फिल्ममा विकास चापागार्इं, प्रीति शाही ठकुरी, देशभक्त खनाल र राजकुमार शाह प्रमुख भूमिकामा छन्। आयुष पाण्डे, देवीप्रसाद पाण्डे र विनोद दुगड निर्माता रहेको फिल्मले शुक्रबारको व्यापार उत्साहजनक रहेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन्।

घनश्याम लामिछानेको लेखन र निर्देशनमा निर्माण भएको धौली नेपाली समाजमा व्याप्त जातीय छुवाछुतको कथामा निर्माण गरिएको छ। केही दिनअघि राजधानीमा प्रेस सो गरिएको फिल्ममा गीता अधिकारी, गजित विष्ट, अनु शाह, विष्णु गौतमलगायतले अभिनय गरेका छन्। मौलिक कथाको फिल्म भएकाले दर्शकले मन पराउने क्रम बढेको निर्माण पक्षले जनाएको छ। आजको नयाँपत्रिका दैनिकमा खबर छ।

त्यसैगरी, शुक्रबार प्रदर्शनमा आएको अर्काे फिल्म हो– बीच बाटो। ऋषि न्यौपानेको निर्देशनमा बनेको फिल्ममा प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । राजेश शाहीले निर्माण गरेको फिल्ममा सुशील क्षत्री, जस्मिन श्रेष्ठ, रेशम फिलिली र निर्माता शाही स्वयं प्रमुख भूमिकामा छन्। बीच बाटोले पनि अब्बल व्यापार गरिरहेको दाबी निर्देशकको छ।





Comments

comments

Leave a Reply

10340