आफ्नो आइडिया बाबुरामको नयाँ शक्तिले चोरेपछि रवीन्द्र मिश्र स्तब्ध

बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्तिले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ।

प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवं समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लागेको नयाँ पार्टीको अवधारणा भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् । मिश्र केही समयदेखि नयाँ राजनीतिक शक्ति निर्माणमा छन् र यस कार्यमा मिश्रलाई खनालले पनि सहयोग पुर्याउँदै आएका थिए।

खनालले नयाँ पार्टीको विधान बनाउने जिम्मा मिश्रबाट लिए र उनलाई केही नयाँ टिप्स पनि मिश्रले दिएका थिए। मिश्रले दिएको सुझावअनुसार बनाइएको विधानमा उम्मेदवारलाई अस्वीकार गर्न पाइने (राइट टु रिजेक्ट) र पदमा पुर्याइएका व्यक्तिलाई फिर्ता बोलाउने हक (राइट टु रिकल) बारे उल्लेख गरिएको थियो।

त्यसैगरी, कुनै पनि व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने व्यवस्था पनि सो विधानमा गरिएको थियो । मुमारामलाई समेत राखेर नयाँ पार्टी गठनको तयारीमा लागेका मिश्र त्यसबेला झस्किएका थिए जब खनाल बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्तिमा लागेको समाचार सार्वजनिक भएको थियो, आजको घटना र विचार साप्ताहिकले समाचार छापेको छ।

खनालसँगै आफूले गठन गर्न लागेको दलको विधानमा उल्लिखित केही महत्त्वपूर्ण अंशहरुसमेत बाबुराम भट्टराईद्वारा गठित पार्टीको अवधारणाका रुपमा सार्वजनिक भएपछि रवीन्द्र मिश्र स्तब्ध भएको बुझिएको छ।





Comments

comments

Leave a Reply

10871