फेवातालमा खसेका ८ पाइलटहरुलाई यसरी बचाइयो

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा। पोखरामा जारी प्याराग्लाईडिङको प्रि–वल्र्ड कप प्रतियोगिता अन्तर्गत खराव मौसमका कारण मंगलबार प्याराग्लाईडीङ पाईलटहरुले सुरक्षित अवतरणको खोजिमा फेवाताल पुगेपछि उनीहरुको तालबाट सकुसल उद्धार गरिएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

उत्तरी क्षेत्रबाट तिव्र गतिमा आएको हावाको पाचले गर्दा जमिनमा अवतरण गर्न खोजेका पाईलटहरु एकाएक फेवातालमा डुब्न पुगे पछि उनीहरुको उद्धारमा सुरक्षाका सवै अंक एवं स्थानीयले तदारुपका साथ लागेका कारणले गर्दा ८ जनाको सकुसशल उद्धार सम्भव भएको हो।

प्रतियोगितामा सहभागि सवै सम्पर्कमा आएको र फेवातालमा खसेकाको सबैको स्वास्थ्य अबस्था सामान्य रहेको आयोजक हवाई खेलकुद संस्था नाले जनाएको छ।

९६ जना स्वदेशी तथा विदेशी प्रतियोगिहरुको सहभागितमा टाक्स सम्पन्न भै अवतरण गर्ने क्रममा अचानक मौसममा खरावी भई विपरित दिशाबाट उच्च गतिको हावाको वाहव भई अवतरणका क्रममा रहेका प्रतियोगिहरु निर्धारित स्थानमा अवतरण गर्न नसकि फेवातालको किनारको साथै वरपरको स्थानमा अवतरण भएको नाले जनाएको छ।

प्रतिकुल अबस्थामा पनि कुनै अप्रिय घटना नघटेको र तत्कालै सकुशल उद्धार भएको ना का अध्यक्ष योगेश भट्टराइद्धारा हस्ताक्षेरित प्रेस विज्ञेप्तिमा जनाइएको छ।

उद्धारमा खटियका सम्पूर्ण सुरक्षा निकायका अंग नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीय एवं अन्य सहभागिहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै छिटो छरीतो सेवाको अपेक्षा समेत नाले गरेको छ।

नेपाल नागरीक उड्डयन प्राधिकरणले तोकेको क्षेत्र भन्दा बाहिर यस प्रतियोगितामा भाग लिएका प्रतियोगिहरु नगएको समेत विज्ञेप्तिमा जनाइएको छ। साथै यस बिषयमा केहि संचार माध्यमहरुले भ्रमात्मक ढंगले सम्प्रेशण तथा प्रशारण गरेकोेमा गम्भीर ध्यानाकषर्ण भएको जनाउदै नाले सत्य र तथ्यका आधारमा मात्र समाचार प्रकासन तथा प्रसारण गर्न आग्रह गरेको छ।

मंगलबार दिउसो करीब १ः४५ बजे जसो फेवातालमा खस्न पुगेका विदेशी प्याराग्लाईडिङका पाईलटहरुलाई सि.आर.भि. हल्लनचोकको प्रहरी टोली, सशस्त्र प्रहरी वलको रेस्क्यु टिम, सशस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनि, स्थानीय एवं आयोजकका पदाधिकारीहरुको टिम छिटो उद्धारमा जुटेका कारण फेतातालमा खसेर पानीमा पौडी खेल्दै वसेकाको उद्धार सफल भएको ना का अध्यक्ष योगेश भट्टराईले बताए । फेवातालमा पौडी खेल्दै हार गुहार गर्दै गरेका विदेशी प्याराग्लाईडिङ पाईलटहरुलाई स्थानीयको डुंगाको साहायताबाट एक जनालाई उद्धार गरे पछि तत्काल अन्य उद्धारको टोलीहरु समेत फेवाताल सेतीवगर क्षेत्रमा आएको उद्धारमा खटिएका सि.आर.भि. हल्लनचोकका प्रहरी हवल्दार ज्ञान बहादुर मानन्धरले बताए।

प्रतियोगितामा सहभागिहरु सुरक्षित अवतरण गर्न खोज्दा खोज्दै हावाको चापले गर्दा फेवाताल क्षेत्रमा पुगि तालमा खस्न पुगेको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए।

उद्धारमा खटिएका मुक्तिनाथ बाहिनिका साहायक वाहिनीपति कृष्णभक्त ब्रम्हाचार्यलले सत्रस्त्र प्रहरी वलको एपिएफसंग भएको मोटरवोटको कारणले गर्दा घटना घटेको २० मिनेट भित्रमै सवैको सकुसल उद्धार सफल भएको दाबी गरे।

खेलभइरहेको क्रममा अचानक हावा हुरी चलेपछि पाइलटहरुलाई सुरक्षित अवतरण गर्न भनिएको थियो । पोखराको खपौदी तथा सेदीवगर वाटरफन्ट पिसोट क्षेत्रको खाली चौरमा सुरक्षित अवतरण गर्न खोज्दा अचानक फेवातालमा खस्न पुगेका थिए । फेवातालबाट उद्धार गरिएका पाईलटहरुमा रसियाका एण्डेरी चेस्नोकोभ, भिचेस्लाभ कोप चिन्सकी, एलेक्सि माकारोव र सेरगे चेपेलेभ ४ जना, युक्रेनका ओलेक्सी कोलेस्नि र वोलेदमिर कोपेस्कील, चाईनाका युवाङ, काजकिस्तानकी डिनारा अस्मानोभ रहेको प्रहरीले जनाएको छ । युक्रेनका प्याराग्लाइडिङ पाईलट वोलेदमिर कोपेस्कीको उद्धार गरेको बारेमा ना र प्रहरीलाई खासै जानकारी भने छैन । उनलाई स्थानीयले मात्र उद्धार गरेका हुन्।

मंगलबारको खेल एक घण्टा भन्दा धेरै समयको टाक्स पुरा भएकोले यसको अंक जोडिने भएको प्राविधिक संयोजक गुरुङले जनाए । मंगलबार १२ः१५ बजे पछि ५८ किलोमिटर क्षेत्रको दुरी निर्धारण गरीएको थियो । एक घण्टा १५ मिनेट उडान गरे पछि खेल रोक्न प्राविधि टोलीले निर्देशन जारी गरेको थियो।

उडान रोक्न जारी गरेको सुचना पछि करीब १५ मिनेट पछि हावा हुरी आएको बताईन्छ। प्रि–वल्र्ड कपको मान्यता पाउन कम्तीमा पनि ३ दिन को उडान आवश्यक पर्दछ।

अर्मलाको रुखमा अल्झेका वालेनको स्थानीयले सकुसल उद्धार गरेका हुन । उनी प्रतियोगितामा सहभागि भएका पाईलट होईनन । प्रतियोगिहरु भन्दा छुट्टै रुपमा उडान भरेका केहि सोलो पाईलट हावा हुरीका कारणले गर्दा कोहि अर्मलाको रुखमा त कोहि निमार्णाधिन पोखराको क्षेत्रिय विमानस्थल क्षेत्रसम्म पुगेर अवतरण गरेका थिए।

हल्लनचोकमा एक र नेपाल आर्मीको फुटवल मैदान बाराहीघाट क्षेत्रमा एक तथा छोरेपाटन क्षेत्रमा एक जनाले अवतरण गरेको स्थानीयले बताए।

प्रतियोगिता भन्दा बाहिरका अन्य पाईलटहरुले उडान गरेको हुनाले यस बिषयमा नत प्रहरी प्रशासनलाई यसको तथ्याङक छ तन हवाई खेलकुद संस्था ना लाई नै यसको तथ्याङक रहेको छ । पोखरा नागरीक उड्डयन कार्यालयले यस बिषयमा खासै ध्यान दिएको छैन।





Comments

comments

Leave a Reply

11395