एनआरएन बेलायतको सदस्यता अभिवृद्वि अभियान

रोशन मेवाहाङ / एचकेनेपाल डटकम-
लण्डन । एनआरएन बेलायतले सदस्यता अभिवृद्वि अभियान सुरुवात गरिएको अध्यक्ष मुछेत्र गुरुङले बताएका छन्।

बेलायतमा रहेका आफ्ना सदस्यहरुलाई के कस्ता सेवा सुविधा र के कति प्रतिशतसम्म डिस्काउन्ट गर्न सकिन्छ भन्ने कुरामा बेलायतको मुख्य मुख्य नेपाली बस्तीहरु भएको ठाँउमा नेपाली व्यवसायीहरुस+ग परामर्श गरिरहेको जानकारी गराउनु भएको छ।

बेलायतको मुख्य नेपाली बस्तीहरु हेमसायर, बाक्सर र रिडिङमा रहेका व्यवसायीहरुसंग पुर्णरुपमा सम्झौता भईसकेको गुरुङले खुलासा गर्दै यसै क्रममा बेलायतका पुर्वि शहर केन्टस्थित फोक्स्टनमा शुक्रवार १ अप्रिलमा एभरेष्ट क्याफे एण्ड बार,एभरेष्ट क्यास एण्ड क्यारी, गोर्खा प्यालेस नेपाली रेष्टुरेन्ट,ओरेन्टियल बफेट रेष्टुरेन्ट एण्ड बार, गोर्खा हिल, पोखरा ट्राभल, र लेमोनलिफ रेष्टुरेन्ट एण्ड बार साथै आश्फोडमा नमूना रेष्टुरेन्ट ,सेवा सुन पसल , प्रिमियर मिनि मार्टका व्यवसायीहरु सग सम्झौता भएको बताए।

चुनावी माहोलमा मात्रै मान्छेहरुलाई कोठे बैठक बस्दै केहि पदलिप्त षढयन्त्रकारीहरुले सदस्यता बनाउने र बन्ने प्रथालाई निरुत्साही पार्नका लागि सदस्यहरुलाई भरपुर सेवा र सुविधा पुर्याउने लक्ष्य रहेको संघका उपाध्यक्ष ग्राण्ड मास्टर राष्ट्र राईले बताउनु भयो।

एनआरएन सदस्यता किन बन्ने र यहाँबाट के कस्ता सेवा र सुविधा पाउँन सकिन्छ ? भन्ने सवालमा गुरुङले भने एनआरएन भनेको सबै नेपालीहरुको साझा संस्था हो भन्ने रुपले चिन्न सकिन्छ । साधारण घरपरिवारको लागि दैनिक व्यवहारमा सपिङ गर्न जानु पर्छ , छुट्टीको समयमा परिवार संग रेष्टुरेन्टमा खान जानुहुन्छ ,सुन चाँदी पसलमा किन्न तथा मर्मत गर्न जानु भएमा केहि प्रतिशत छुट सुविधा पाउँन सकिने अध्यक्ष गुरुङले बताए।

चुनाबको समयमा मात्र सदस्य नबनेर अरुबेला पनि यो संस्था राम्रो रहेछ भन्ने अन्तरमनले बुझेर सदस्य बन्न आईदिनोस भनि नेपाली बस्तीहरु साथै व्यवसायीहरु सग अनुरोध गरिएको गुरुङले जानकारी गराउनु हुदै सम्पुर्ण बेलायतबासी नेपालीहरुलाई सदस्यता बनि दिन आवहान गर्नु भएको छ।





Comments

comments

Leave a Reply

11861