अद्भुत शक्ति, जसले तत्कालै थाहा पाउँछिन् विश्वभरको भूकम्प

एजेन्सीः झट्ट सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, स्पेनकी ३० वर्षीया एक महिलासँग संसारभर गएका भूकम्पको जानकारी लिने क्षमता छ ।

संसारको जुनसुकै कुनामा भूकम्पले हल्लाएपनि तत्काल उनी थाहा पाउँछिन् । उनको नाम हो मूना रिबास ।

झट्ट हेर्दा उनी साधारण महिला भन्दा फरक छैनन् । तर, उनीसँग मेसिनले भन्दा चाँडो भूकम्प गएको थाहा पाउँने गर्छिन् । पृथ्वीको जुनसुकै कुनामा जत्रोसुकै भूकम्पको धक्का गए पनि उनी तत्काल थाहा पाइहाल्छिन् ।

विश्व आफैँ विचित्रको छ । विश्वमा अद्भूत शक्ति भएका मानिसको संख्या पनि उत्तिकै छ । तर, सबै अद्भूत प्रतिभालाई चिन्न सकिदैन ।
आधुनिक विश्वमा उनको यो क्षमताको चर्चा भइरहदा मानिसहरुले उनीभित्र कुनै ईश्वरीय ज्ञान भएको अनुमान गर्छन् । त्यो सत्य होइन । उनको हातमा यस्तो चिप्स प्रत्यारोपण गरिएको छ जसको सहायताले उनी विश्वका जुनसुकै कुनामा गएको भूकम्प पनि तत्काल थाहा पाउँछिन् ।

उनको हातमा प्रत्यारोपण गरिएको चिप्सलाई ‘सेस्मिक कम्प्युटर चिप्स’ भनिने वैज्ञानिकहरुले बताएका छन् । अन्नपूर्णपोष्ट दैनिकमा खबर छ।
पृथ्वीको जुनसुकै कुनामा भूकम्प गए पनि उनको हातमा प्रत्यारोपण भएको चिप्समा कम्पन हुन्छ ।

जब हातमा भूकम्पको धक्का महसुस हुन्छ तब उनी एपको सहयोगमा भूकम्पको केन्द्र र त्यसको तिब्रताको आँकडा संकलन गर्न थाल्छिन् । त्यसका लागि उनले आइफोनको सहायता लिने गरेकी छन् ।

हातमा प्रत्यारोपण गरिएको चिप्समा कम्पन हुँनासाथ सबैलाई सूचना प्रवाह गर्छिन् । उनले सूचना प्रवाह गर्दासम्म त्यो सूचना कुनै पनि सञ्चार माध्ययमले दिन पाएका हुँदैनन् ।

रिबास पेसाले नर्तकी हुन् । उनको दैनिकी नृत्य गर्दैमा बित्ने गरेको छ । उनी नाचिरहेका बेला भूकम्प गए तत्काल नृत्य मार्फत् नै भूकम्पबारे जानकारी गराउँछिन् । नृत्यको समयमा उनी विशेष नृत्य गरेर भूकम्प गएको जानकारी गराउने गर्छिन्। (एजेन्सीको सहयोगमा)





Comments

comments

Leave a Reply

12586