हङकङका गुरुङहरुले यसरी मनाए बैशाख पूर्णिमा

एचकेनेपाल डट कम संवाददाता-
मे ३०, हङकङ। हङकङका तमु (गुरुङ) हरुले आइतवार मंकीहिलमा विविध कार्यक्रमहरुसहित बैशाख पूर्णिमा २०१६ धुमधामले मनाएका छन्।

तस्वीर र लाइभ फेसबुक भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

ह्युलका अध्यक्ष गणेश गुरुङको अध्यक्षता र हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न बैशाख पूर्णिमा कार्यक्रमको आयोजना तमु ट्हो ह्युल हङकङले गरेको हो।

कार्यक्रममा विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधि, ह्युलका सल्लाहकार तथा पूर्वअध्यक्षहरु अतिथिका रुपमा उपस्थित थिए।

उपाध्यक्ष कुमार गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सचिव झम गुरुङले सञ्चालन गरेका थिए भने कार्यक्रमको अौचित्यबारे प्रवक्ता निर्मल गुरुङले प्रकाश पारेका थिए।

कार्यक्रममा रोशन गुरुङ जिफान हङकङको र होम घले नेपाली वर्कर्स यूनियनको अध्यक्ष पदमा निर्वाचित भएकोमा खादा लगाएर बधाई तथा सम्मान व्यक्त गरिएको थियो।

कार्यक्रममा झोडा, घाँटुलगायत गुरुङ संस्कृति झल्किने गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए। साँस्कृतिक कार्यक्रमको संचालन रोशन गुरुङ र सुनिता गुरुङले गरेका थिए भने डिजे कन्ट्रोलर डम्बर गुरूङ र पदम गुरूङले रिमिक्स गीतहरु बजाएर भरपूर मनोरञ्जना दिलाएका थिए।

तमु ट्हो ह्युल हङकङको आयोजनामा अहिले मङ्की हिलमा भइरहेको बैशाख पूर्णिमा कार्यक्रमको लाईभ भिडियो झलक:

Posted by HKNepal.com on Sunday, 29 May 2016

तमु ट्हो ह्युल हङकङको आयोजनामा अहिले मङ्की हिलमा भइरहेको बैशाख पूर्णिमा कार्यक्रमको लाईभ भिडियो झलक:

Posted by HKNepal.com on Sunday, 29 May 2016

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

12794