विश्वकप महिला क्रिकेट छनोटमा नेपालद्वारा चीन पराजित… (भिडियोसहित)

फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

विश्वकप महिला क्रिकेट छनोटमा नेपालद्वारा चीन पराजित…
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ १५ अक्टोबर। आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनोटको अन्तिम खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गरेको छ।

हङकङमा चीनलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले के भनिन्। हेर्नुहोस् भिडियो अन्तर्वाताः

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सफलतापछि प्रशिक्षक राजु बस्नेतले यसरी खुशी साटे.. हेर्नुहोस् भिडियो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एशियान कपमा क्वालिफाईड भएपछि हङकङ राष्ट्रिय क्रिकेट टिमका पूर्व नेपाली खेलाडी शेर लामाले यसरी खुशि साटे। हेर्नुहोस् भिडियो

टस जितेर पहिले ब्याटिङ गरेको चीनले प्रस्तुत गरेको ८६ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

मिसन रोड मैदानमा भएको खेलमा नेपालकी पूर्व कप्तान नेरी थापाले २२, सीता राना मगरले २०, रुबिना बेलबासेले नटआउट १३ तथा इन्दु वर्माले १० रन बनाइन्।

२ विकेट तथा अविजित १३ रन बनाएकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ द म्याच चुनिइन्। निर्मला कुमारी शाही र करुणा भण्डारीले समान १–१ विकेट लिए।

पहिलो चरणको खेलमा पनि नेपालले चीनलाई २० रनले पराजित गरेको थियो।

आजको खेलमा नेपालले चीनलाई पराजित गरे पनि यो सान्त्वना खेल मात्र थियो। वर्ल्ड क्वालिफायरमा पुग्ने नेपालको सम्भावना भने थाईल्याण्डसंगको खेलमा भएको पराजयसंगै टरि सकेको छ।

थाइल्याण्ड ८ अंकसहित अर्को चरणमा पुगेको छ भने चार अंकका नेपाल, हङकङ र चीन भने एक एक खेल खेल्न बाँकी छँदै बाहिरिएका थिए।


थाइल्याण्डसँग नेपाल एक विकेटले हार्‍यो…
हङकङ १४ अक्टोबर। आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनोट खेलमा थाइल्याण्डले नेपाललाई १ विकेटले पराजित गरेको छ।

थाइल्याण्डसंग यो हारसंगै नेपालको विजेता बन्दै वर्ल्ड क्वालिफायरमा पुग्ने सम्भावना टरेको छ।

हङकङ क्रिकेट क्लवमा शुक्रवार भएको खेलमा नेपालले दिएको १०८ रनको चुनौतीलाई थाइल्याण्डले १८ दशमलव चार ओभरमा एक विकेट बाँकी हुँदा भेट्टायो।

थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन्। नेपालकी करुणा भण्डारीले चार तथा रुबिना बेलबासे र सीता राना मगरले दुई दुई विकेट लिए।

टस जितेर थाईल्याण्डविरुद्ध ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो।

पूर्व कप्तान नेरी थापाले २५ बलमा अविजित रहँदै ३२ रन जोडेकी छिन्। इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले नटआउट १० रन बनाइन्।

अर्को चरणको प्रवेश सम्भावनालाई कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो।

नेपालले भोलि शनिवार बिहान साढे ९ बजे मिशन रोडमा चीनसंग खेल्दै छ।

नेपालको दोश्रो जीत, ६ रनले पराजित गर्दै हङकङसंग लियो बदला…
हङकङ १३ अक्टोबर। आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनोटको दोस्रो चरणको खेलमा नेपालले आयोजक हङकङलाई ६ रनले पराजित गर्दै आफ्नो पहिलो खेलमा भएको हारको बदला लिएको छ।

हङकङको कोलून क्रिकेट क्लवमा २ बजे सुरु भएको खेलमा जित्नै पर्ने दबावका साथ मैदानमा उत्रेको नेपालले अन्ततः दोश्रो जीत दर्ता गरेको हो।

७६ रनको लक्ष्य पछ््याएको हङकङलाई १७ ओभर ४ बलमा ६९ रनमा अलआउट गर्दै नेपालले दुई अंक जोडेको हो।

हङकङविरुद्ध खेलमा करुणा भन्डारीले ३ तथा सरीता पुनले २ विकेट लिइन्। रुबिना क्षेत्री, सबनम राई र निर्मला कुमारीले १-१ विकेट लिए । हङकङका दुई खेलाडी रन आउट हुन पुगे।

प्लेयर्स अफ दि म्याच भएकी करुणा भण्डारीले अविजित १९ रन साथै ३ विकेट हात पारेकी थिइन्।

यसअघि पहिलो खेलमा हङकङसँग नेपाल ६ विकेटले पराजित भएको थियो। त्यस्तै दोश्रो खेलमा थाइल्याण्डसँग ३ विकेटले पराजित भएको थियो भने तेश्रो खेलमा नेपालले चीनलाई २० रनले पराजित गरेको थियो।

रुबिना क्षेत्रीको नेतृत्वमा रहेको नेपाल महिला क्रिकेट टिममा सरिता मगर, सिता राना मगर, नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, काजोल श्रेष्ठ, रश्मी शर्मा, करुणा भण्डारी, सब्नम राई, सरस्वती चौधरी, ज्योती पाण्डे, रोशनी बोहरा र निर्मला शाही छन्। प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।

नेपालले शुक्रवार १४ तारिख बिहान साढे ९ बजे हङकङ क्रिकेट क्लवमा थाईल्याण्डसंग खेल्दै छ। त्यसैगरी, शनिवार १५ तारिख बिहान साढे ९ बजे मिशन रोडमा चीनसंग खेल्दै छ।

खेल तालिका

हङकङ ११ अक्टोबर २०१६, आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको तेश्रो खेलमा नेपालले पहिलो जीत हासिल गरेको छ। हङकङ…

Posted by HKNepal.com on Tuesday, 11 October 2016





Comments

comments

Leave a Reply

14605