राई इज किङको धमाका फेरि कन्सासमा…

एचकेनेपाल डट कम संवाददाता –
राई इज किङ अर्थात राजेशपायल राई युएसए टुरको क्रममा कन्सास सिटीमा खुब जमे।

राम राई र रिदम नेपालले आयोजना गरेको उक्त शोमा राजेशपायल राईले दर्जनौं गीत प्रस्तुत गर्दै कन्सासबासीलाई भरपूर मनोरञ्जन दिलाए।

कार्यक्रममा राईले दर्शन नमस्ते – ३, देखि नाई नभन्नु ल – २ लगायत सागर सरी चोखो माया हुंदै दिक्तेल बजारसम्मको गीतले झमझम जादूमय प्रस्तुती दिए।

उक्त कार्यक्रम कन्सासमा भएको अहिलेसम्मकै सफल प्रस्तुती रहेको आयोजक राम राई र रिदम नेपालले बताए।

गायक राई उक्त कार्यक्रमपछि भोलि साउद डकोटा जाँदैछन्। उनको अमेरिका यात्रा नोभेम्बर २५ तारिखसम्म रहने छ।





Comments

comments

Leave a Reply

14810