तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमुसहितको टोलीलाई पोखरामा भव्य स्वागत

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमुसहितको घर विदामा नेपाल आएका तमु धिं युकेको समूहलाई बुधवार तमु धिं नेपालले भव्य रुपले स्वागत गरेको छ।

पोखरा ९ नयाँ बजारस्थित तमु धिं नेपालमा आगमनकै क्रममा स्वागतद्धारदेखि नै खादा र फूलले आमन्त्रित अतिथिहरुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, प्रथम उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सरस्वती तमु, सल्लाहकार संयोज गणेशबहादुर तमु, आमा अध्यक्ष हरिमाया तमु लगायत पदाधिकारी, कार्यसमिति र क्षेत्रीय समाजका अध्यक्षहरुले स्वागत गरेका हुन्।
….
….
कार्यक्रममा प्रमुख आमन्त्रित अतिथि तमु धि युकेका अध्यक्ष ज्ञाम तमुले आफूहरुलाई भव्य रुपले स्वागत गरेकोमा तमु धिं नेपाललाई तमु धिं युकेमा सम्बद्ध ४६ हजार तमुहरुको तर्फबाट धन्दवाद व्यक्त गरे। जहाँ रहे पनि तमुहरुको एकता आवाश्यक रहेको भन्दै तमु धिं नेपालको पहलमा पोखरामा केही वर्ष अघिदेखि सामुहिक ल्होछार मनाउदै आएकोमा निरन्तरताको कामना गर्नुहुदै आउदो वर्ष युकेका सामूहिक ल्होछार मनाउने घोषणा गरे। सन २००८ बाट तमु धिं युके र तमु प्ये ल्हु संघ युकेले भिन्दा भिन्दै रुपमा मनाउदै आएको ल्होछार सन् २०१७ मा संयुक्त रुपमा मनाउन आफु तमु धिं युकेको अध्यक्षमा निर्वाचित भए पश्चात पहल शुरु गरेको बताए। आउदो वर्ष युकेमा सामूहिक रुपमा ल्होछार मनाउन सबै सकरात्मक रहेको बताउंदै तमु प्ये ल्हु संघ युकेको अधिवेशन पश्चात छलफललाई तिव्रता दिने बताए।

नवनिर्वाचित अध्यक्ष ज्ञाम तमुले तमु धिं नेपालको बहुउद्धेश्यीय भवन निर्माणका लागि तमु धिं युकेले सक्दो सहयोग गर्ने उद्घोष गर्दै बहुउद्धेश्यीय भवन तमु मौलिकता झल्कने हुनुपर्ने सुझाव दिए। बौद्ध अर्घौ सदनमा निर्माण हुने नयाँ गुम्बाका लागि आफुहरुले सक्दो सहयोग गरेका छौं, तमुहरुको साझा घर तमु धिं नेपालमा निर्माण हुने बहुउद्धेश्यीय भवनका लागि पनि हाम्रो साथ रहने छ ।
….

….
तमु धिं नेपालले तमुहरुको पहिचानका लागि तमु ह्युलाचोकमा तमु तमुस्योको सालिक राखेकोमा खुशी व्यक्त गर्दै महाभूकम्पको बेला तमु धिं नेपालले पुर्नस्थापना केन्द्र स्थापना गरी अत्यनै प्रसंसानीय कार्य गरेको भन्द प्रसंसा गर्नुभयो । जसका कारण तमु धिं नेपालकी अध्यक्ष कर्म तमु जनसेवा श्री पदकबाट सम्मानित घोषणा गरिएकोमा संसारैभरका तमुहरु सम्मानित भएको बताए।

भूकम्प पीडितलाई राहत वितरणको क्रममा तमु धिं युकेले १ करोड भन्दा बढी गैरआवाशीय नेपाली संघलाई प्रदान गरेको र भुकम्पले अत्याधिक विनास गरेका ठाँउहरुमा सहयोग गरेको बताए।
….
….
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमुहरु एकता आजको आवाश्यकता भएकाले सामूहिक ल्होछार मनाउने पहल तमु धिं गरेको बताउनुभयो । तमु धि नेपालको सहभागीतामा हुने कार्यक्रममा तमु धिं युकेको साथ सहयोगको प्रसंसा गर्नुभयो ।

तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले धन्यवाद मन्तव्य व्यक्त गर्दै तमुहरुको एकता, संस्थागत सम्बन्ध र हामी भन्ने भावनाको विकासका लागि आग्रह गरे।





Comments

comments

Leave a Reply

15960