प्रकाश र बिना मगरका कारण बालुवाटारमा रुवाबासी !

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारवादमा चुर्लुम्म डुबेका कारण उनले नियुक्ति गरेका सल्लाहकारदेखि स्वकीय सचिवसम्म भूमिकाविहीन भएका छन् । प्रधानमन्त्री दाहालले छोरा साकार दाहाल(प्रकाश), बुहारी विना मगर, छोरी रेणु दाहाल र भाइ नारायण दाहालको कुरामात्र सुन्ने गरेकाले पनि अरु जागिर खाने भूमिकामा सीमित छन् ।

प्रकाश दाहाल स्वकीय सचिव हुन् भने नारायण दाहाल प्रशासनिक सल्लाहकार हुन् । प्रधानमन्त्रीका हरेक कार्यक्रममा छोरा प्रकाशकै चुरीफुरी हुने गरेको छ । सरकारका नियुक्ति, सरुवा बढुवा र ठेक्कापट्टामा पनि छोराबुहारी, छोरी र भाइ दाहालले डिल गर्दैआएका छन् । प्रधानमन्त्री दाहालले नियुक्ति गरेका कुनै पनि सल्लाहकार वा प्रमुख स्वकीय सचिवको कुनै काम नै नहुने गरेकाले धेरै त आउनै छाडेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेव र माओवादी नेता बर्षमान पुनसँग कहिलेकाहीँ सल्लाह लिने बाहेक अरुको कुरा प्रधानमन्त्री दाहालले सुन्दै नसुन्ने र भेटसमेत नदिने गरेको गुनासो छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले वास्ता नगरेपछि धेरैलाई प्रकाश दाहालको सल्लाहकार हुुनुपर्ने बिडम्बना छ । सुशासन ऐनविपरीत जम्बो सचिवालय बनाएका प्रधानमन्त्री दाहालले हरेक बिषयका विज्ञ राखेका छन् ।

प्रधानमन्त्री कार्यालयमा कुनै हैसियत र भूमिका नै नभएकाले प्रेस सल्लाहकार गोविन्द आचार्य लामो समयदेखि कार्यालय जानै छाडेका छन् । उनी प्रेस चौतारी र प्रेस सेन्टरको गठजोडमा पत्रकार महासंघको केन्द्रीय अध्यक्षको उम्मेदवार हुनका लागि महासंघका जिल्ला अधिवेशनमा ब्यस्त हुन थालेका छन् । प्रधानमन्त्री दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, स्वकीय सचिव रमेश मल्ल, जनसम्पर्क सल्लाहकार रामदीप आचार्य समेत भूमिकाविहीन जस्तै छन् । स्रँेतका अनुसार प्रधानमन्त्री दाहालले भाइ र छोराबाहेक अरु वास्ता नै गर्दैनन् । पछिल्लो समयमा महरासहितका सचिवालयका धेरै जना बालुवाटारमा देखिन छाडेका छन् । बालुवाटारमा प्रकाश र बिनाको गतिविधिका कारण उनीहरु सबै हैरान भएको स्रोत बताउँछ । उनीहरुकै कारण सचिवालयमै विवाद बढ्दै गएको छ भने प्रचण्डप्रति नेताहरु आक्रोशित हुँदै गएका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रकाश र बिनाको गतिविधिले पार्टीकै नेताहरुसमेत लज्जित भएका छन् । प्रकाशका दम्पत्तिको व्यवहारले प्रधानमन्त्रीको सचिवालयकै कर्मचारीहरु आजित भएका हुन् । प्रचण्डलाई अरुको च्यानलबाट भेट्न निकै गाह्रो हुने गरेको छ । कर्मचारी तथा प्रहरीको सरुवा, विभिन्न ठेक्कापट्टामा प्रकाशको विशेष चासो हुने गरेको छ । सेटिङ मिलाएर भेट्न खोज्ने व्यक्तिहरुले प्रकाश र बिनामार्फत् सजिलै प्रचण्डलाई भेट्न पाउने गरेका छन् भने पार्टीका नेता कार्यकर्ताले प्रचण्डलाई भेट्न पाउँदैनन्। दृष्टि साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

16557