हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’…

हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’
हङकङ २६ मार्च, हामी उठ्ने छौं फाउण्डेसनको आयोजनामा आगमी २८ मे मा हङकङमा ‘हाईक फर नेपाल’सँगै ‘एभरेष्ट डे’ मनाईने भएको छ।

कार्यक्रमबारे जानकारी दिन हङकङ नेपाली महावाणिज्यदूतावासमा फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकारहरु माझ फाउण्डेशनका संस्थापक तुलसी कुमार गुरुङ र महा वाणिज्यदूत कमल प्रसाद भट्टराईले कार्यक्रमको पोष्टर र यूट्यूब प्रोमोशन भिडियो सार्वजनिक गरेका छन्।

संस्थापक गुरुङले महावाणिज्य दूतावास सहित हङकङमा नेपाली संघ–संस्थाहरुको सहयोगमा हुने आयोजनामा वृहत सहभागीता जुटने बताए। गुरुङका अनुसार नेपालको लागि नेपाली एकता कायम गर्न आयोजित कार्यक्रमबाट संकलन भएको रकम नेपालको दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा लगानी गरिने जानकारी दिए।

महावाणिज्यदूत भट्टराईले नेपालीहरुमा एकता कायम गर्न आयोजना गरिन लागेको आयोजनामा महावाणिज्यदूतावास सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरे । ‘एभरेष्ट डे’ मार्फत विदेशीहरु माझ नेपालको पर्यटन प्रर्वद्धन गर्न विदेशी नागरिक र कुटनैतिक नियोगका ब्याक्तित्वहरुलाई समेत सहभागी गराएर नेपालको प्रवर्द्धन गर्न महावाणिज्य दूतावासले भूमिका खेल्ने बताए।

‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको पवित्र उद्देश्यसहित सुरुवात भएको हो । ‘एक नेपाली जो जहाँ भएपनि’ भन्ने नाराका साथ हङकङबाटै सुरु भएको यो अभियान स्वदेश एवं विदेशमा रहेका नेपालीहरू बीच एक आपसमा सुमधुर साइनो कायम राख्ने माध्यम हो । त्यही सम्बन्ध, सञ्जाल र भावनाको उपयोगबाट देशलाई परेको बेला भरथेग हुन सकोस् भन्ने अभियानको लक्ष्य हो । अभियानले नेपालीहरुमा देश निर्माणको भावना जगाउने/जगाइदिने प्रयास गर्दै आएको छ ।

महाभूकम्पले जन्माएको यो अभियानले पछिल्लोसमय आफ्नो दायरा फराकिलो बनाउँदै अघि बढिरहेको छ । अभियानका रुपमा सुरु भएको ‘हामी उठ्ने छौं’ हाल ‘वि विल राईज फाउण्डेसन’ का रुपमा संस्थागत भएको छ । यो कुनै पेशागत, जातीय, वर्गीय वा राजनीतिक संगठन नभएर केवल विशुद्ध नेपाली मनहरूको संयोजन हो । सानो सुन्दर मुलुक नेपाल हरेक क्षेत्रमा उठ्नु पर्छ भन्ने अभिप्रेरणा र सकारात्मक सोच जगाउँने अभियानको मुल मन्त्र हो । यसै उद्देश्य मुताविक फाउण्डेसनले विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु गतवर्ष हामीले हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) आयोजना गरेका थियौं।

‘नेपालका लागि सँगसँगै पाईला चालौ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रह्यो । सोही कार्यक्रमलाई हामीले विश्व सगरमाथा दिवस मे २९ का अवसर पारी वर्षेनी निरन्तरता दिने योजना बनाएका छौं । यसवर्ष मे २८ का दिन लायन रक कन्ट्री पार्कबाट सुरु हुने हाइकिङ करिब ७ किलोमिटरको हुनेछ । सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित हुनेछ । उक्त कार्यक्रममा अभिनेत्री एवं सगरमाथा आरोही निशा अधिकारी समेत आफ्ना आरोहण अनुभव सुनाउन समारोहमा उपस्थित हुनेछिन् । गतवर्ष सोही प्रकृतिको कार्यक्रममा किर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ् शेर्पा र १४ गिनिज वल्र्ड रेकर्ड बनाएका थानेश्वर गुरागाई सहभागी थिए।

हाइक फर नेपाललाई भव्य रुपमा सफल पार्न हङकङ नेपाली महावाणिज्यदूतावास, नेपाल वायुसेवा निगम लगायत यहाँस्थित विभिन्न संघसंस्थाहरु गैरआवासीय नेपाली संघ, नेपाल च्याम्बर अफ कर्मस, नेपाली महिला संघ, हङकङ नेपलिज् तेक्वान्दो एसोसियसन, सहारा क्लब, एचडीडी स्टुडियो सहयोगी संस्थाका भूमिकामा रहेकाछन्। त्यस्तै एभरेष्ट साप्ताहिक, एचकेनेपाल डट कम, एचकेनेपाली च्यानल र नेपालखबरडटकम कार्यक्रममा मिडिया सहयोगीका रुपमा छन्।

पत्रकार सम्मेलन हङकङ लाईभ भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम #wewillrise

Posted by HKNepal.com on Saturday, 25 March 2017

Watch more videos…





Comments

comments

Leave a Reply

16951