सोलिडारिटीले गर्‍यो १७ बिद्यालय पुनर्निर्माण, थप ३ पुनर्निर्माण हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले भूकम्पबाट क्षतिग्रस्त भएका सत्र बिद्यालय पुनर्निर्माण गरेको जनाएको छ।

भूकम्प गएको दुई वर्ष पूरा भएको दिन मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले सोलुखुम्बु जिल्लामा आठ, दोलखामा तीन, नुवाकोटमा एक, सिन्धुपाल्चोकमा तीन र गोरखामा दुई गरी जम्मा सत्र बिद्यालय पुनर्निर्माण गरेको जानकारी दिएका हुन्।

रोटरी अमेरिका, रोटरी अष्ट्रेलिया, रोटरी स्वीजरल्याण्ड, रोटरी नर्बे, रोटरी जर्मनी, रिबिउल्ड एड प्रोग्राम, सोलिडारिटी इन्टरनेशनल अमेरिका, सोलिडारिटी इन्टरनेशनल हङकङ, सोलिडारिटी इन्टरनेशनल जापान र अन्य ब्यक्तिगत दाताको आर्थिक सहयोगमा सत्र बिद्यालय पुनर्निर्माण भएको बताएका हुन्।

त्यसैगरी संस्थाले नुवाकोट, गोरखा र दोलखामा पनि थप एक/एक बिधालय पुनर्निर्माण गर्ने तयारी गरेको जनाएको छ।

२०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पबाट करिब ३५,००० कक्षा कोठा क्षतिग्रस्त भई १० लाख विद्यार्थी बिद्यालय जानबाट बञ्चित भएका थिए।



.

















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : निर्मला हत्याका आरोपीहरु 'घटना हुँदा हिरासतमा'
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.