नेपाली चेली योगिता थापा टप मोडल युरोपको सेमी फाईनलनजिक

राजेन्द्र रिमाल / एचकेनेपाल डट कम –

युरोपको मोडलिंग क्षेत्रमा महत्वपूर्ण प्रतिष्पर्धाका रुपमा रहेको टप मोडल युरोप प्रतियोगितामा बेल्जियममा बसेर मोडलिंग गरिरहेकाी नेपाली चेली योगिता थापा सेमी फाईनलको नजिक पुगेकी छन्।

युरोपेली युनियनको राजधानी बेल्जियमको ब्रसेल्समा हुन गईरहेको सो प्रतियोगिताको सेमीफाईनल छनौट आगामी अक्टोबर ७ मा हुंदैछ। युरोप भरिबाट मोडल हुन ईच्छुक हजारौं प्रतिष्पर्धीहरुबीच यसअघि भएका दश भन्दा बढी अडिसनबाट छनौट भएका ३ सय जनाभित्र उनी परिसकेकी छन्।

अबको चरण पार गर्नका लागि ५० प्रतिशत भोटिङ र ५० प्रतिशत व्यक्तिगत प्रस्तुतिका आधारमा सेमी फाईनल प्रवेश हुने भएकोले थापाले भोट अपील गरिसकेकी छन्।

विश्वव्यापी रुपमा अनलाईन भोटिंग गर्न सकिने भएकोले संसारभरिका नेपालीहरुलाई भोटिङ गरिदिन उनले अपिल गरेकी छन्। भोटिंगका लागि आयोजकले आगामी सेप्टेम्बर ३० सम्मको समयसीमा तोकेको छ।

प्रतियोगितामा एशियाबाट उनको मात्र प्रतिनिधित्व रहेको छ। प्राप्त भोटिङको आधारमा टप फाईभलाई सिधै फाईनल प्रवेश दिईने भएकोले सम्पूर्ण नेपालीहरुले भोटिङ गरेर उनलाई फाईनलमै प्रवेश गराईदिन अनुरोध पनि गरेकी छन्। यद्यपि टप फाईभमा नपरेको अवस्थामा पनि व्यक्तिगत प्रस्तुतिकरणका आधारमा फाईनलमा पुग्ने वैकल्पिक अवस्था पनि रहने छ।

को हुन् योगिता थापा ?
विगत एक दशकदेखि बेल्जियमको लिएज शहरमा बस्दै आईरहेकी मोडल थापा काठमाडौमा जन्मिएकी हुन् । उनले भारत र मलेशियाबाट फेसन डिजाईनिङ र मोडलिङ डिप्लोमा गरेकी छन्। यस अघि पनि उनले टप मोडल बेल्जियम प्रतियोगितामा तेश्रो उपाधि हासिल गरेकी थिईन्। विभिन्न संघसंस्था समेतमा आबद्ध उनी भर्खरै सम्पन्न एनआरएन बेल्जियमको उपाध्यक्षमा निर्वाचित भएकी छन्।

उनलाई तलको लिन्कमा गएर भोट गर्न सकिन्छ।
https://topmodeleurope.net/?contest=photo-detail&photo_id=5089





Comments

comments

Leave a Reply

19782