सामूहिक बलात्कार प्रकरणः इन्स्पेक्टर पनि निलम्बनमा

काठमाडौं – सामूहिक बलात्कार घटना गुपचुप मिलाउन खोज्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार ठकुरीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको समाचार कान्तिपुरले छापेको छ।

यसअघि त्यही घटना आर्थिक प्रलोभनमा परेर गुपचुप पार्न खोजेको आरोपमा मुद्दा शाखाकै सई चन्द्र भण्डारी पनि निलम्बनमा परिसकेका छन् । ठकुरीलाई भने बुधबारै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । स्रोतका अनुसार उनीसूग बयान लिन सुरु गरिसकिएको छ । ठकुरीले सुरुवाती बयानमा युवतीमाथि नै दोष थोपरेका छन्।

दरबारमार्गकै एक होटलमा सामूहिक बलात्कारमा परेकी युवतीसूग बिहीबार परिसरले बयान लिएको थियो । त्यसक्रममा युवतीले त्यस्तो कुनै घटना नभएको भन्दै बयान फेरेकी थिइन् । जबकि ।मेडिकल रिपोर्ट’ का क्रममा दिएको लिखित बयानमा उनले चारजनाले बलात्कार गरेको र आफूलाई नग्न बनाएर भिडियोसमेत खिचेको बताएकी छन्।

आरोपित पक्षको दबाबका कारण युवतीले बयान फेरेको हुनसक्ने भन्दै प्रहरीले बिहीबारदेखि उनलाई गोप्य सेल्टरमा राखी मनोपरामर्श दिइरहेको छ।





Comments

comments

Leave a Reply

21856