घरधनी सांसदलाई पनि घरभाडा

काठमाडौ, राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन्।

मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका खबर कान्तिपुर दैनिकमा छ।

भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन्।

२०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतअनुसार काठमाडौंमा उनको सगोलमा घर छ।

उनले २०७४ फागुनयता नियमित घरभाडा लिईरहेका छन्।

संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातमा पठाईदिने गरेको छ।





Comments

comments

Leave a Reply

26025